Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

संसदमै घुस दिएको बताउने सांसद महतोलाई कारबाही गर्न प्रदेश सांसद अन्सारीको उजुरी

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशका प्रदेश सभा सदस्य रहबर अन्सारीले जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र प्रसाद महतोलाई कारबाही गर्न माग गरेका छन् । छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई बिचौलिया मार्फत पाँच हजार रुपैयाँ घुस दिएको बताएका सांसद महतोलाई कारबाही गर्न माग गर्दै अन्सारीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन् । 

नेकपा (माओवादी केन्द्र) बाट पर्सा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य अन्सारीले महतोलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै बुधबार समितिमा निवदेन दिएका हुन् । 

‘भ्रष्टाचार निवारण ऐन २०७९ को दफा ३ को उपदफा ३ मा घुस लिने/दिनेलाई सजायको व्यवस्था छ । रिसवत् दिने कामलाई रोक्नुको सट्टा त्यसलाई प्रोत्साहन गरेको हुँदा महतोलाई कानुन बमोजिम कारवाही गरियोस्’ अन्सारीले निवेदनमा लेखेका छन् । ऐन कानुनलाई कार्यन्वयन गर्ने निकायमै रहेका जिम्मेवार व्यक्तिबाट उल्टै कानुन विपरितका काम भएपछि क्षम्य नहुने मधेश प्रदेशका पूर्व राज्य मन्त्री समेत रहेका अन्सारीको बुझाई छ । 

पूर्ववनमन्त्री समेत रहेका महतोले गत साउन ६ गते प्रतिनिधि सभाको रोस्टमबाट  बोल्दै छोराको समकक्षता लिनका लागि आफूले ५ हजार घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए ।

‘म भूपू मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु, कसले पत्याउँछ ? पत्याउनु हुन्छ ? मेरो छोराको समकक्षता गर्नुपर्ने थियो, मैले ११ बजे पठाएको ३ बजेसम्म यो मिलेन त्यो मिलेन भने । म आफै गएँ, एउटा अधिकृतले कागज मिलेको छैन भने,’ उनले संसदमै भनेका थिए, ‘कागज मिलेन भन्दै चिया खाने समय भयो भने ४ बजेसम्म आएनन् । बिचौलियालाई गएर ५ हजार दिएँ, ५ मिनेटमा काम गरेर ल्याइदियो । अनि हामी सुशासनको कुरा गर्छौं ।’

महतोको अभिव्यक्तिपछि छानबिन गर्न शिक्षा मन्त्रालयले पनि समिति बनाएको छ । गृहमन्त्री रमेश लेखकले पनि यस घटनाबारे पूर्वमन्त्री महतोसँग जानकारी लिइएको र थप अनुसन्धान गर्न प्रहरीलाई भनिएको बताएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...