Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

मन्त्री गुप्तालाई गृह जिल्लामा सम्मान

spot_img
spot_img

वीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन दुई महिना भित्र पारित हुने बताएका छन् । 

मन्त्री भएपछि पहिलाे पटक गृह जिल्ला आएका गुप्तालाई सम्मान गर्न नेकपा एमाले जिल्ला कमिटी पर्साले आयोजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि विवादित हुँदै आएको संघीय निजामती कर्मचारी ऐन अबको २ महिना भित्र पारित गरिने बताए । 

उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियंत्रित गरी एक कार्यालयमा १ वर्षसम्म कामकाज गर्न ऐन पनि बनाइने बताए ।

मन्त्री गुप्ताले आफ्नाे निर्वाचन क्षेत्र सहित पर्सा जिल्लावासी, परिवारका सदस्यहरू तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार प्रकट गरेका थिए । मन्त्रीकाे जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्न म सम्पूर्ण शक्ति र क्षमता लगाउने वताउँदै उनले जनताको सेवामा निरन्तर समर्पित रही इमानदारी, पारदर्शिता र निष्ठाका साथ काम गर्न प्रतिबद्धता समेत जनाए ।

नेकपा एमाले पर्साका अध्यक्ष विशम्बर शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मधेश सरकारका शिक्षा तथा समाज कल्याण मंत्री प्रमोद जैसवाल, एमालेका केन्द्रिय सदस्य अरविन्द गुप्ता, प्रदेश सभा सदस्य बिना शर्मा, संविधान सभा सदस्य जयप्रकाश थारु, बिचारी यादव, पाेखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चाैहान, केन्द्रिय सल्लाहकार समिति सदस्य एवम् मन्त्री गुप्ताका स्वकिय उप सचिव शिव पटेल, जिल्ला कमिटीका उपाध्यक्ष एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता, नेता जालिम मियाँ लगायतको उपस्थिति रहेको थियो ।

एमाले पर्साकाे पार्टी कार्यालय वीरगंजमा भएकाे कार्यक्रमकाे सञ्चालन जिल्ला कमिटी सचिव महेश दासले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...