Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

हुण्डी कारोबारमा संलग्न दुई व्यक्ति पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बारा कै फेटा गाँउपालिका वडा नं.६ पुरैनिया निवासी ४१ बर्षिया सैदुल्ला मियाँ ठकुराई र साेही ठाउँ निवासी २२ बर्षिया बागर अंसारी रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी बरिष्ठ नायब निरिक्षक सन्तोष केसिको कमाण्डमा खटिएको प्रहरी टोलिले आइतबार विहान ११:३० बजेको समयमा दुबै जनालाई नियन्त्रण लिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

प्रहरीले बिश्रामपुर गाँउपालिकाकाे वडा नं.१ घोडासहन नाका स्थितबाट ना ३६ प ४५६३ नम्बरको  मोटरसाईकलमा भारतबाट नेपाल आउँदै गरेकाे दुबै जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

श्रोत नखुलेको रकम ओसार पसार गर्ने क्रममा निजहरूको साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली रू. दश लाख ईण हजार बरामद भएकाे प्रवक्ता न्याैपानेले जानकारी दिए ।

पक्राउ परेका दुबै जना विरुद्ध हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...