Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण

spot_img
spot_img

वीरगंज । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगंजको अशोकवाटिका स्थित शंसान घाट परिसरमा वृक्षारोपण गरिएको छ ।

शंसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण गरिएको वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले बताए । वृक्षारोपण गर्दै महानगर प्रमुख सिंहले खाली जग्गा तथा घर वरपर हरियाली बनाइ राख्नका लागि बोट विरुवा रोप्न सबैलाई आह्वान समेत गरे ।

वीरगंज महानगरपालिकाको आयोजना र साहिब दरबार वीरगंज र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहयोगमा विभिन्न जातका विरुवा रोपिएको हो । महानगरपालिकाले शंसानघाटलाई स्तरोन्नती गर्दै परिसरलाई हरियाली बनाउन सौन्दर्यकरणको काम गरिरहेको छ ।

यस्तै आइतबार नै वडा नं. २१ परवानीपुर स्थित शंसानघाट परिसरमा पनि वृक्षारोपण गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...