Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा ८५ हजार नेपाली नक्कली नाेट सहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाही निवासी ३५ बर्षिय छठु गिरी रहेका छन् ।

पक्राउ परेका गिरीको साथबाट ८५ हजार रुपैयाँ बराबरको नेपाली एक हजारका ८५ वटा नक्कली नोट बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

विशेष सूचनाको आधारमा बिहिबार इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाहीस्थित सडक खण्डमा महुवाहीबाट नयकाटोलतर्फ जाँदै गरेको मोटरसाइकल रोकी चेकजाँच गर्दा गिरीको साथबाट नक्कली नोट बरामद भएकाे प्रवक्ता न्यौपानेले बताए ।

प्रहरीले गिरीलाई नियन्त्रणमा लिई खोटा मुद्रा सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ८ दिनको म्याद थप गरेर थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...

छोरीको कोर्ट म्यारिज प्रकरणमा रास्वपा धनुषाका सभापति र एसपीबीच विवाद

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काबीच छोरीको कोर्ट म्यारिज...