Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

शिव मन्दिरको अवस्था जिर्ण, भक्तजनलाई पूजाआजा गर्नमा कठिनाई

spot_img
spot_img

जोतीलाल पंडित /

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं १६ बाईसपास स्थित माईदिया पोखरी नजिक रहेको शिव मंदिर जिर्ण बन्दै गएको छ । शिव मंदिरको संरचना पुरानो भएको कारण र केहि दिन देखी लगातारको वर्षाले गर्दा मंदिर जिर्ण अवस्थामा पुगेको हाे ।

श्रावण महिनामा पुजाआजा गर्न आउने स्थानीहरुलाई गतवर्ष देखि नै समस्या भाेगिरहनु परेकाे छ । मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान जानसकेकाे छैन । मन्दिरमा लगाइएको पर्खाल भत्किएका छन् । मन्दिरकाे पर्खाल भत्किएको कारण आसपासमा चरण क्षेत्र भएकोले यहाँ गाईबस्तु छिरने गरेकाे र पानी समेत मन्दिरभित्र जम्ने गरेकाे स्थानीयहरूले वताएका छन् ।

स्थानीय तथा पुजा गर्न आउने भक्तजनहरूले वडा र वीरगंज महानगरपालिकामा समेत यसको पुर्ननिर्माणका लागी पटकपटक भन्दै आएको स्थानीय नितेश कुमार वर्णवालले बताए ।

उनका अनुसार मंदिर छेउमा रहेको पोखरी निमार्णको कार्य भईरहदा पनि वडा अध्यक्ष तथा मेयर शिंहको ध्यान केन्द्रित नभएको बताए । अहिले श्रावण महिना सुरू भएसंगै पुजाआजाको लागी स्थानीय भक्तजन आउने गरकोले मंदिरको संरचना मर्मत गर्नु पर्ने हुन्छ । लामो समयदेखि उक्त मंदिरको संरचनामा स्थानीय सरकारले ध्यान नदिएको कारण मंदिरको अवस्था झनै जरजर अवस्थामा पुगेको छ । यश बिषयमा सम्बन्धित सबैकाे ध्यान जान जरुरी छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...