Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

आइसिपी राेडबाट सवारी करकाे ढाट हटाउन माग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलाैं स्थित आइसिपी राेडबाट सवारी करकाे ढाट हटाउन वडाध्यक्ष संजु छतकुलीले माग गरेका छन् ।

वडाध्यक्ष छतकुलीले मंगलबार आइसिपी राेड मै पत्रकार सम्मेलन गर्दै नियम विपरित नाेभा ट्रेडिङ्ग वीरगंजले आइसिपी राेडमा विभिन्न किसिमका ठुला सवारी साधानहरुबाट पटके सवारी कर उठाइरहेकाे भन्दै त्यहाँ नउठाउन माग गरेका हुन् ।

उनका अनुसार आइसिपी राेडमा बस, ट्रक लगायतका हेभी गाडीबाट सवारी कर उठाउँदा दुर्घटना बढेकाे छ । आइसिपीबाट निस्कने ठुलाे संख्यामा हेभी गाडीहरु त्यहाँ राेकेर ठेक्दारले वीरगंज महानगरपालिकाकाे पटके सवारी कर उठाउँदा दुर्घटना हुने गरेकाे हाे ।

वडाध्यक्ष छतकुलीले सवारी कर उठाउन ठेक्दारले त्यहाँ राखेकाे गुमटी हटाउन आजै आफुले जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिने पत्रकार सम्मेलनमा जानकारी गराए । सवारी कर उठाउने नै भए आइसिपी राेडबाट अरु ठाउँमा गएर उठाउन उनकाे माग छ ।

यता नाेभा ट्रेडिङ्गले भारतिय नम्बरकाे हेभी सवारी साधनबाट वीरगंज महानगरपालिकाले ताेकेकाे शुल्क भन्दा बढी कर उठाइरहेकाे सवारी चालकहरुले गुनासाे गरेका छन् । पत्रकार सम्मेलन कै क्रममा भेटिएका हेभी गाडीका सवारी चालकहरुले ठेक्दारले दुबै तर्फबाट सवारी करकाे नाममा रकम असुल्ने गरेकाे र कहिले काँही रसिद दिएकाे भन्दा पनि बढी रकम लिने गरेकाे वताएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...