Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित खानेपानी मन्त्री यादवकाे पहिलाे प्राथमिकता

spot_img
spot_img

वीरगंज । नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले साेमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्नुअघि शीतल निवासमा आयोजित समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

पदभार ग्रहण गरेपछि मन्त्री यादवले मन्त्रालयका सचिव स्तरीय निर्णयअनुसार ७ सदस्यीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिको प्रतिवेदनलाई मन्त्रिपरिषदमा स्वीकृतिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरेका छन्।

पदभार ग्रहण गर्दै मन्त्री यादवले आफ्नो प्राथमिकता सबै नेपाली नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु रहेको बताए । उनले भने, “आधुनिक प्रविधिको प्रयोगद्वारा खानेपानी वितरण प्रणालीलाई सुधार गर्ने र मन्त्रालयका सम्पूर्ण काम कारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउन म प्रतिबद्ध छु।”

उनले स्थानीय तहहरूसँग सहकार्य गर्दै खानेपानी व्यवस्थापनमा सक्रिय सहभागिता सुनिश्चित गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले आफूलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिएर विश्वास गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गर्दै भने, “यस महत्त्वपूर्ण जिम्मेवारीलाई प्रभावकारी रूपमा सम्पादन गर्न तपाईँको मार्गदर्शन र समर्थनले सम्पूर्ण प्रयास गर्ने वाचा गर्दछु।”

यादवले जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई लगायत पार्टीका सबै पदाधिकारीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै भने, “तपाईँहरूको नेतृत्व र प्रेरणाले मलाई अझ बढी समर्पित र उत्साहित बनाएको छ।”

आफ्नो निर्वाचन क्षेत्र पर्सा – १ का सम्पूर्ण जनता, परिवारका सदस्यहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दै उनले भने, “तपाईँहरूको समर्थन र विश्वासले नै आज म यो स्थानमा पुगेको छु।” यस अघिकाे मन्त्रीपरिषदमा यादव से्वास्थ्यमन्त्री थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...