Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंजमा नागरिक सुनुवाई कार्यक्रम : नागरिकमैत्री सेवा प्रवाह गर्ने एसपी ढुंगेलकाे प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा आइतबार वीरगंजमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वीरगंजस्थित होटल क्लासिक ब्याङ्क्वैटमा भएकाे कार्यक्रमका सहभागिहरुले अझै पनि केही प्रहरीहरुकाे आचरण सुधार गर्न जरुरी रहेकाे वताए ।

नागरिक सुनुवाई कार्यक्रममा वाेल्ने वक्ताहरुले केही प्रहरीका कारण पुरै प्रहरीहरु बदनाम भइरहेकाे गलत गर्ने प्रहरीहरुलाई कारवाही गर्नु पर्ने माग गरे । जिल्ला प्रहरी कार्यालयमा पहिला भन्दा अहिले केही सुधार भएकाे वताउँदै सराेकारवालाहरुले अझै सुधार गर्न जरुरी रहेकाे वताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक (एसपी) कुमाेद ढुंगेलकाे अध्यक्षतामा भएकाे कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यक्रममा महिलासँगै दलित तथा अन्य समुदायको सहभागितालाई समावेशीमुलक बनाउन आग्रह गरे ।

वीरगंज महानगरपालिकाले आफ्नो दायित्व निर्वाह गरीरहेको दाबी गर्दै उनले सेवा प्रवाहका मामिलामा कुनै सम्झौता नगर्न पनि सरोकारवालालाई सचेत गराए । 

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले नागरिक मैत्री सेवा नै प्रशासनको प्राथमिकतामा रहेको बताए । प्रहरी र प्रशासनको सहकार्य र समन्वयमा मुद्दा मामिला तथा उजुरीको छिनोफानो हुने गरेको उनले जानकारी गराए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले राजस्व चुहावटको क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियपूर्वक काम गरीरहेको बताए । सशस्त्र प्रहरी र नेपाल प्रहरी बीचको समन्वयात्मक भूमिकामा भन्सार छली तथा चोरी पैठारी जन्य कार्यमा नियन्त्रण भएको उनको दाबी थियाे । 

नागरिकका समस्या तथा प्रहरीप्रतिको बुझाई बारे स्पष्ट हुन नागरिक सुनुवाई कार्यक्रमको आयोजा गरिएको एसपी ढुंगेलले बताए । नागरिकबाट आएका विभिन्न गुनासोको सम्बोधन गर्दै प्रहरी उपरीक्षक ढुंगेलले नागरिकमैत्री सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता जनाए । प्रहरीका बारेमा सेवाग्राहीको धारणा बुझ्ने र यसबाट भाबी रणनीति र योजना तय गरी अघि बढ्ने उनको भनाई छ । 

सीमित स्रोत साधन तथा अन्य कारणले गर्दा प्रहरीको कामकारवाही प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उनले सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने बताए । क्यासिनोको विषयमा आएको जिज्ञासाका बारेमा बोल्दै उनले भारतीय आधार कार्ड तथा रासन कार्ड प्रयोग गरेर क्यासिनो जाने गरेको हुँदा समस्या भएको बताए ।

यद्यपी प्रहरीले यस विषयलाई गम्भिरपूर्वक लिएको पनि उनको भनाई छ । अपराध अनुसन्धान तथा शान्ती सुव्यवस्था कायम गर्नका लागि नागरिक र प्रहरीले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । 

सो अवसरमा बहुदरमाई नगरपालिकाका मेयर सिंगासन सा तेली, राष्ट्रिय अनुसन्धानको प्रमुख उप निर्देशक दिलिप कुमार सिंह, वीरगंज महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश अग्रवाल, रेडियाे वीरगंज, टिभि वीरगंज एंव मधेशदृष्टिका अध्यक्ष ध्रुब साह, पत्रकार राम सर्राफ, विजय चाैहान, निखिल पासवान, कमल चाैलागाई, राधा शर्मा लगायतले मन्तव्य राखेका थिए ।  

कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी निरीक्षक नीता थापाले गरेकी थिइन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...