Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

समाजवादी प्रेस संगठनद्वारा लाेककल्याणकारी विज्ञापकाे भुक्तानी गर्न माग

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगंज महानगरपालिकाको लोककल्याणकारी विज्ञापनकाे भुक्तानी गर्न माग गरेको छ ।

संगठनले आईतवार नगर प्रमुख राजेशमान सिंहसंग भेट गरि चालु आर्थिक बर्षकाे भुक्तानी हुने समय सक्न एक दिन मात्र बाकी रहदा पनि वीरगंजका संचारमाध्यकाे लाेककल्याणकारी विज्ञापन प्रकाशन गरे वापतकाे भुक्तानी नभएको जानकारी गराउँदै भुक्तानी गर्न माग गरेको हो ।

आर्थिक बर्ष २०८०/०८१ को लोककल्याणकारी विज्ञापनकाे तेस्रो र अन्तिम किस्ताको भुक्तानी अहिले सम्म भएको छैन । दुईटा किस्ता वापतको रकम भुक्तानी नहुँदा वीरगंजका संचारमाध्यहरु मर्कामा परेका छन् ।

नगर प्रमुख सिंहले भोलि सम्म बाकी रहेको सबै संचारमाध्यमको लोककल्याणकारी विज्ञापनकाे भुक्तानी गर्न आश्वासन दिए । उनले भेटघाट कै क्रममा प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुखलाई लाेककल्याणकारी विज्ञापनकाे भुक्तानी गर्न निर्देशन दिए ।

लाेककल्याणकारी विज्ञापनकाे भुक्तानी अहिले सम्म वाकी रहेकाे बारे आफुलाई जानकारी नभएकाे भन्दै प्रमुख सिंहले यथासिघ्र भुक्तानी गर्न लेखा शाखालाई निर्देशन दिएका हुन् ।

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको नेतृत्वमा गएको डेलिगेशन टोलिमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्य मनोज पटेल, सल्लाहकार संजय साह, पर्सा जिल्ला उपाध्यक्ष हरिशंकर शर्मा, कोषाध्यक्ष संताेष साह, सहसचिव श्याम सर्राफ, सदस्य प्रदिप साह, रामेश्वर चौरसिया लगायतका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...