Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

सिद्धार्थ बैँकमा भएकाे आगलागीबाट करोडौँको क्षति

spot_img
spot_img

वीरगंज । सिद्धार्थ बैँकको वीरगंज शाखामा भएको आगलागीबाट करोडौँको क्षति भएको छ । बैँकको आर्दशनगरस्थित शाखामा भएको आगलागीबाट २ करोड रुपैँयाभन्दा बढीको क्षती भएको प्रहरीले जनाएको छ ।

सोमबार अपरान्ह बैँकको माथिल्लो तल्लाबाट अचानक आगलागी सुरु भएको थियो । अपरान्ह सुरु भएको आगो करिब ४ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।

आगोलाई वीरगंज महानगरपालिका, पोखरीया नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका, नेपाल प्रहरी, बाराको कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका र भारतसमेतबाट आएको बारुणयन्त्रहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बैँकमा रहेको स्टोर रुमबाट सल्किएको आगो उग्र रुप लिएर यत्रतत्र फैलिएको थियो । ‘स्टोर रुममा सर्ट सर्किट भएर सुरुमै आगो लागेको थाहा नपाउँदा जताततै फैलिएको अनुमान छ, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक इन्स्पेक्टर पुष्कर बोगटीले भने, विस्तृत विवरण भने आउन बाँकी छ ।’

उनका अनुसार घटनाको यथार्थ कारणबारे भन्ने खुल्न बाँकी छ । आगलागीका कारण अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको भन्दै उनले २ करोडभन्दा बढीको क्षती भएको अनुमान रहेको उनले बताए । प्रहरीका अनुसार आगलागीबाट बैँकको कोठाहरुमा पूर्ण रूपमा क्षति भएको छ ।

बैंकको भुइ तल्ला बाहेक अन्य ४ तल्लाका सम्पूर्ण कोठाहरु जलेर नष्ट भएको प्रहरी निरिक्षक बोगटीले बताए । यस्तै आगोका कारण बैँकका फाइल, फर्निचर, १ वटा जेनेरेटर लगायत समेत जलेको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...