Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पटेर्वा सुगौलीमा कृषि ल्यााबसहितको अत्याधुनिक कृषि भवन बन्दै

spot_img
spot_img

वीरगंज । पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ सुगौलीमा करिब साढे २ करोड रुपैयाँको लागतमा अत्याधुनिक कृषि ल्यााबसहितको कृषि भवनको निर्माण थालिएको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा पटेर्वा सुगौली गाँउपालिकाले २ करोड ४८ लााख रुपैयाँको लागतमा अत्याधुनिक कृषि ल्याब सञ्चालनका लागि कृषि भवन निर्माण गर्न थालेको हो ।

संघ सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास (रीड) आयोजना अन्तरर्गत नगरस्तरीय कृषि तथा पशु सेवा केन्द्र (कृषि ल्याबसहितको कृषि भवन) को शनिबार गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले कृषि भवन निर्माणको शिलान्यास गरेका छन् ।

सुगौलीमा निर्माणधिन गाँउपालिकाको प्रशासनीक भवन छेउमै निर्माण गर्न लागिएको कृषि भवनमा सञ्चालन गरिने कृषि ल्याबबाट कृषकको खेतको माटो परीक्षण, बालीामा लाग्ने रोग र किराको जाँच र पहिचान, पशुचौपायाको गोबर, पिसाब र रगतको परीक्षण, बालीमा लाग्ने रोग र किराको निदानका लागि विषादीको सिफारिस लगायतका सेवाहरु प्रवाह गरिने गाँउपालिका अध्यक्ष चौधरीले जानकारी दिए ।

पर्सामा रहेका १४ वटा पालिका मध्ये पटेर्वा सुगौली गाँउपालिकामा निर्माण गर्न लागिएको कृषि ल्याबसहितको कृषि भवन पहिलो रहेको गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले बताइन् । कृषि ल्याबसहितको कृषि भवन निर्माण भई सञ्चालनमा आएपछि पटेर्वा सुगौली सहित पर्साका उत्तरी भेगका किसानहरुले बालीनाली र पशुचौपायामा लाग्ने रोग र किराको उपचारका लागि सदरमुकाम वीरगन्ज धाउनु नपर्ने उपाध्यक्ष चौधरीले बताइन् ।

अढााई तल्ले उक्त कृषि भवन निर्माणको ठेक्का काठमाडौं जोरपाटटीको सिए.एम. कन्ट्रक्सनल प्रालिले सकारेको छ । सम्झौता अनुसाार कृषि भवन निर्माणको काम २०८२ जेष्ठ ३ गतेभित्रमा सम्पन्न गर्नुपर्नेछ ।

गाँउपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष थारु, प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, कृषि शाखाकी प्रमुख सीमा चौधरी लगायतकोपनि उपस्थिती रहेको थियोे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...