Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

क्याम्पस प्रमुख कुशवाहाकाे हत्यामा संलग्न ७ जना पक्राउ

spot_img
spot_img
वीरगंज । रामराजा बहुमुखि क्याम्पस कलैयाका तत्कालीन क्याम्पस प्रमुख हरि भुषण प्रसाद कुशवाहाकाे हत्यामा संलग्न रहेकाे आराेपमा प्रहरीले ७ जनालाई पक्राउ गरेकाे छ ।
 

पक्राउ पर्नेमा बाराकाे आदर्शकोतवाल गाउँपालिका वडा नं. २ खजुरिया टोलका ३२ बर्षिय अवधलाल प्रसाद कुशवाहा, २९ बर्षिय चांदसी प्रसाद कुशवाहा, बतरा टोलका २७ बर्षिय चुल्हाई भन्ने श्रवण कुमार साह, कलैया उपमहानगरपालिकाकाे वडा नं. १० मटिअर्वा टोलका ५० बर्षिय आम्रपाली भन्ने ब्रहमदेव राम, करैयामाई गाउँपालिका वडा नं. ७ पिपरा टोलका ५० बर्षिय मोतिलाल चौधरी, आदर्शकोतवाल गाउँपालिका वडा नं.२ खजुरिया टोलका ३४ बर्षिय राधेश कुमार पटेल र खजुरिया टाेल कै ५४ बर्षिय विनोद राउत कुर्मी रहेका छन् ।

 
आदर्शकोतवाल गाउँपालिकाकाे वडा नं.२ खजुरीया निवासी क्याम्पस प्रमुख ५० बर्षिय कुशवाहाले जेठ ३२ गते सांझ ५:१५ बजेको समयमा अज्ञात समुहले गाेली हानी हत्या गरेकाे थियाे । प्रमुख कुशवाहा मोटरसाइकल चलाई खजुरियाबाट कलैया तर्फ जाने क्रममा आदर्शकोतवाल गाउँपालिका वडा नं. ३ बतरा टोल स्थित ग्रेवल सडक खण्डमा पुग्दा अपरचित व्यक्तिहरुको समुहले  गोली हानी घाईते बनाएका थिए ।
 
घाईते कुशवाहालाई तत्काल उपचारको लागि बयोधा अस्पताल विरगंज लगेकोमा उपचारको क्रममा मृत्यू भएको थियाे । घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न देखिएको शंकित र किटानी जाहेरी दरखास्तमा समेत उल्लेखित ७ जना प्रतिवादीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।
 
पक्राउ परेकाहरुकाे साथबाट गाेली सहितका केही समानहरु समेत बरामद भएकाे प्रवक्ता न्याैपानेले वताए । उनका अनुसार पक्राउ परेकाहरुकाे साथबाट गाेली ६ राउन्ड, बा.३२ प ७०५५ नम्बरकाे को एफजेड मोटरसाइकल १ थान, ना.५९ प ४७८९ नम्बरको टिभिएस मोटरसाइकल – १ थान, ना.३३ प ५४६२ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल १ थान र बिभिन्न मोवाईल, ल्यापटप र नेपाली तथा भारतीय सिमकार्डहरु बरामद भएकाे छ ।
 
पक्राउ परेकाहरुकाे उपर कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा दर्ता बारा जिल्ला अदालतबाट मंगलबारबाट लागु हुने गरी ६ दिनको म्याद थप गरि अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्याैपानेले जानकारी दिए । उक्त घटनामा संलग्न अन्य फरार रहेका प्रतिवादीहरुको खोज तलास तथा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...