Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

क्याम्पस प्रमुख कुशवाहाकाे हत्यामा संलग्न ७ जना पक्राउ

spot_img
spot_img
वीरगंज । रामराजा बहुमुखि क्याम्पस कलैयाका तत्कालीन क्याम्पस प्रमुख हरि भुषण प्रसाद कुशवाहाकाे हत्यामा संलग्न रहेकाे आराेपमा प्रहरीले ७ जनालाई पक्राउ गरेकाे छ ।
 

पक्राउ पर्नेमा बाराकाे आदर्शकोतवाल गाउँपालिका वडा नं. २ खजुरिया टोलका ३२ बर्षिय अवधलाल प्रसाद कुशवाहा, २९ बर्षिय चांदसी प्रसाद कुशवाहा, बतरा टोलका २७ बर्षिय चुल्हाई भन्ने श्रवण कुमार साह, कलैया उपमहानगरपालिकाकाे वडा नं. १० मटिअर्वा टोलका ५० बर्षिय आम्रपाली भन्ने ब्रहमदेव राम, करैयामाई गाउँपालिका वडा नं. ७ पिपरा टोलका ५० बर्षिय मोतिलाल चौधरी, आदर्शकोतवाल गाउँपालिका वडा नं.२ खजुरिया टोलका ३४ बर्षिय राधेश कुमार पटेल र खजुरिया टाेल कै ५४ बर्षिय विनोद राउत कुर्मी रहेका छन् ।

 
आदर्शकोतवाल गाउँपालिकाकाे वडा नं.२ खजुरीया निवासी क्याम्पस प्रमुख ५० बर्षिय कुशवाहाले जेठ ३२ गते सांझ ५:१५ बजेको समयमा अज्ञात समुहले गाेली हानी हत्या गरेकाे थियाे । प्रमुख कुशवाहा मोटरसाइकल चलाई खजुरियाबाट कलैया तर्फ जाने क्रममा आदर्शकोतवाल गाउँपालिका वडा नं. ३ बतरा टोल स्थित ग्रेवल सडक खण्डमा पुग्दा अपरचित व्यक्तिहरुको समुहले  गोली हानी घाईते बनाएका थिए ।
 
घाईते कुशवाहालाई तत्काल उपचारको लागि बयोधा अस्पताल विरगंज लगेकोमा उपचारको क्रममा मृत्यू भएको थियाे । घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न देखिएको शंकित र किटानी जाहेरी दरखास्तमा समेत उल्लेखित ७ जना प्रतिवादीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।
 
पक्राउ परेकाहरुकाे साथबाट गाेली सहितका केही समानहरु समेत बरामद भएकाे प्रवक्ता न्याैपानेले वताए । उनका अनुसार पक्राउ परेकाहरुकाे साथबाट गाेली ६ राउन्ड, बा.३२ प ७०५५ नम्बरकाे को एफजेड मोटरसाइकल १ थान, ना.५९ प ४७८९ नम्बरको टिभिएस मोटरसाइकल – १ थान, ना.३३ प ५४६२ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल १ थान र बिभिन्न मोवाईल, ल्यापटप र नेपाली तथा भारतीय सिमकार्डहरु बरामद भएकाे छ ।
 
पक्राउ परेकाहरुकाे उपर कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा दर्ता बारा जिल्ला अदालतबाट मंगलबारबाट लागु हुने गरी ६ दिनको म्याद थप गरि अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्याैपानेले जानकारी दिए । उक्त घटनामा संलग्न अन्य फरार रहेका प्रतिवादीहरुको खोज तलास तथा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

छानबिन समितिमा नबस्ने डा. सिंहको घोषणा, मेडिकल काउन्सिलबाट अनुसन्धान गर्न माग

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको घटनापछि वरिष्ठ चिकित्सक डा....

नारायणी अस्पताल घटनामा दोषीमाथि कडा कारबाही हुन्छ : स्वास्थ्यमन्त्री मेहता

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति...