Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

खैरो हिरोइन सहित ३ जना पक्राउ

spot_img
spot_img
वीरगंज । बारा प्रहरीले लागु औषध खैराे हिराेइन सहित ३ जनालाई प्रकाउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२ स्थित सिमरा चोकबाट आइतबार दिउसाे बस चालक सहित ३ जनालाई पक्राउ गरेकाे हाे ।
 
पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ बस्ने वर्ष ३० का मुनि लाल प्रसाद रौनियार, पोखरिया नगरपालिकाकाे वडा नं. ०२ बस्ने वर्ष १९ का दिपेन्द्र शर्मा र  पकहाँ मैनपुर गाउँपालिका वडा नं.४ खेस्राहा बस्ने वर्ष १९ का भिम गिरी रहेका छन् ।
 
वीरगंजबाट नारायणगढतर्फ जादै गरेको ना ६ ख ६०५९ नम्बरकाे यात्रुबाहक बसलाई रोकी चेक जाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखेको ९ ग्राम, ७६० मिलिग्राम लागू औषध खैरो हिरोइन बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।
 
त्यसपछि बस चालक, सह चालक सहित ३ जनालाई नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्याैपानेले वताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...

छोरीको कोर्ट म्यारिज प्रकरणमा रास्वपा धनुषाका सभापति र एसपीबीच विवाद

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काबीच छोरीको कोर्ट म्यारिज...