Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज महानगरद्वारा अनुमति विना संचालित ५ विद्यालयमा सिलबन्दी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा अनुमति विना संचालित विभिन्न ५ वटा विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ । वीरगंज महानगरपालिकाको शिक्षा समितिको अनुगमन समितिले अनुमति विना संचालित विद्यालयहरु सिलबन्दी गरेकाे हाे ।

सिजी एजुकेशनद्वारा संचालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस वीरगंजको नामबाट वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली बगैचामा अनुमति बिना अवैध रुपमा संचालन भइरहेको पाइएकाले सिलबन्दी गरिएको अनुगमन समितिका संयाेजक ईश्वरचन्द्र यादवले वताए ।

यसैगरी अनुगमनकाे क्रममा वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीमा २०५७ सालदेखि अबैध रुपमा संचालनमा रहेकाे सिटिजन पब्लिक स्कुल र २०७५ देखि संचालित एस. नलेज एकेडेमीमा सिलबन्दी गरिएकाे संयाेज यादवले जानकारी दिए ।

यसका साथै अनुगमन समितिले अनुमति विना वीरगंज महानगरपालिकाकाे वडा नं. १८ भवानिपुरमा संचालित सुरज एकेडेमी र अनुमति भन्दा बढी कक्षा संचालन गरेको वडा नं. १८ भवानीपुरकै बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरेको छ ।

अनुगमन समितिका संयोजक यादवकाे नेतृत्वमा गएकाे अनुगमनमा टाेलीमा वीरगंज महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछाने, नगर प्रमुख राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागीता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...