Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

स्वास्थ्य मन्त्री प्रदिप यादवद्वारा थप दुई स्वास्थ्य संस्थाकाे अनुगमन

spot_img
spot_img

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार काठमाडौँका दुई प्रमुख स्वास्थ्य संस्थाहरूको अनुगमन गरेका छन् । उनले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भ्रमण गरी त्यहाँका गतिविधि र समस्याहरूको बारेमा जानकारी लिएका हुन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निरीक्षणका क्रममा मन्त्री यादवले केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठसँग केन्द्रको हालसम्मको कार्य प्रगति, चुनौती र कठिनाइहरूको बारेमा विस्तृत जानकारी लिएका थिए ।

डा. श्रेष्ठले छातीरोग अस्पताल सञ्चालनमा आउन नसकेको कारण बजेट अभाव र आवश्यक जनशक्ति दरबन्दी यकिन नहुनु रहेको बताए । औषधि तथा कार्टेजको पर्याप्त भण्डारणका लागि बजेट अभाव रहेको र प्रत्येक प्रदेशमा डिआर रेफरल सेन्टर स्थापना तथा सञ्चालनका लागि पनि बजेट अपर्याप्त रहेको उनकाे भनाई थियो ।

मन्त्री यादवले छातीरोग अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाए। उनले भने, “बाकी रहेका कामहरू सम्पन्न गर्दै अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्नुहोस्, बजेट व्यवस्थापन मेरो जिम्मामा छ ।”

त्यसै गरी, मन्त्री यादवले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको पनि अनुगमन गरेका छन् । उनले त्यहाँ उपचाररत बिरामी, कुरुवा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूसँग छलफल गरी केन्द्रका गतिविधि र समस्या बुझेका हुन् ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रको वार्षिक कार्य प्रगति र भवनको साँघुरोपनले सेवा प्रवाहमा आइरहेका समस्याहरूको बारेमा मन्त्रीलाई जानकारी गराए ।

मन्त्री यादवले केन्द्रले गरिरहेको कार्यको प्रशंसा गर्दै, समस्याहरू समाधान गर्न मन्त्रालयबाट आवश्यक कदम चाल्ने र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाए । उनले दुवै केन्द्रमा रहेका पूर्वाधार र प्राविधिक आवश्यकताहरू पूरा गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...