Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

मधेश प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकको रूपमा सारदा माविका प्रअ मेहता सम्मानित

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकको रूपमा श्री शारदा मावि बहुअरी सुगौली वीरगंज-२४ का प्रधानाध्यापक विनोद मेहता सम्मानित भएका छन् ।

“प्रिन्सिपलस एशोसिएसन अफ नेपाल” (पान) ले काठमाण्डौको लाजिम्पाटमा आयोजना गरेको देशैभरका सामुदायीक विद्यालयहरुको प्रधानाध्यापकहरुकाे प्रथम राष्ट्रिय सम्मेलनमा प्राधानाध्यापक मेहता नगद पुरस्कार सहित सम्मान गरेकाे हाे ।

प्राधानाध्यापक मेहताले सामुदायीक विद्यालय शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याएकाे भन्दै पानले मधेश प्रदेश उत्कृष्ट प्रधानाध्यापकाे रुपमा नगद पुरस्कार राशि रु १० हजार सहित सम्मान गरेकाे श्री सारदा माविका शिक्षक शनि दुबेले जानकारी दिए ।

सम्मानित भएका प्राधानाध्यापक प्रिन्सपल एशाेसिएसन अफ नेपाल (पान) पर्साका अध्यक्ष समेत हुन् । पान केन्द्रिय समितिका सभापति सुदामा गाैतमकाे अध्यक्षतामा सुरु भएकाे राष्ट्रिय सम्मेलन जेठ २८ सम्पन्न हुने छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...