Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

मन्त्री यादवद्वारा दाेस्राे पटक राष्ट्रिय ट्रमा सेन्टरमा अनुगमन

spot_img
spot_img

वीरगंज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले शुक्रबार पुनः काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरको अनुगमन गर्नुभएको छ । यसअघि जेठ ९ गते उनले अस्पतालको अनुगमन गर्दै विभिन्न समस्याहरू औँल्याउनुका साथै सुधारका लागि निर्देशन दिएका थिए । 

शुक्रबारकाे अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालमा उल्लेख्य सुधार भएको पाएको बताए । ओपिडी व्यवस्थापनमा सुधार आएको, भिडभाड कम भएको र रगत सङ्कलन गर्ने ठाउँलाई विस्तार गरिएको उनले जानकारी दिए । यद्यपि आइसियुमा बेड पाउन गाह्रो रहेको समस्या भने कायम रहेको बताउँदै, आइसियुको सङ्ख्या थप्न सुझाव दिए र यसलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

उनले राष्ट्रिय ट्रमा सेन्टरलाई देशकै एक महत्त्वपूर्ण अस्पतालको रूपमा वर्णन गर्दै यसको शाखाहरू देशका अन्य स्थानमा पनि स्थापना गर्नुपर्नेमा जोड दिए । उनले भने, “देशभरका बिरामीहरूको चाप एक्लै ट्रमा सेन्टरले थेग्न सक्दैन, तपाईँहरूलाई धेरै भार परिरहेको छ। देशका अन्य स्थानमा पनि ट्रमा सेन्टरका शाखाहरू खोल्न जरुरी छ । यसका लागि म पहल गर्नेछु ।”

मन्त्री यादवले ट्रमा सेन्टरमा भएको सुधारबाट आफू धेरै खुसी भएको बताउँदै अन्य अस्पतालहरूले पनि यसलाई अनुकरण गर्दै सुधार गर्दा अधिकांश समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

जनशक्ति अभावका कारण अस्पतालमा सेवा प्रवाहमा चुनौतीहरू रहेको बताउँदै मन्त्री यादवले देशभरका अस्पतालमा जनशक्ति थप्ने कार्यमा लागिरहेको जानकारी दिए । उनले नर्सिङ स्टाफको अभाव समाधान गर्न नर्सिङ स्टाफ थप्ने प्रक्रिया सुरु भएको जानकारी गराए । साथै, चिकित्सक र कर्मचारीहरूलाई निर्धक्क भएर काम गर्न आग्रह गर्दै बजेट व्यवस्थापनको जिम्मा आफूले लिने आश्वासन दिए । “तपाईँहरू निर्धक्क भएर काम गर्नुहोस्, बजेट व्यवस्थापनको जिम्मा मेरो हो । कहाँबाट मागेर ल्याउनु पर्छ म गर्छु तर तपाईँहरूलाई अप्ठ्यारो हुन् दिन्न,” उनले भने ।

मन्त्री यादवले देशभरका अस्पतालहरूमा प्रयोगविहीन रहेका मेसिनहरूलाई आवश्यक स्थानमा पठाउने र त्यहाँ प्रयोगमा ल्याउने पहल सुरु गरेको जानकारी दिए । “छिट्टै तपाईँहरूले यसको अनुभूति गर्नुहुनेछ,” उनले बताए ।

त्यस्तै, वीर अस्पतालको आकस्मिक शाखामा देखिएको समस्यालाई समाधान गर्न माननीय मन्त्रीज्यूले नयाँ भवनमा आकस्मिक शाखा विस्तार गर्न निर्देशन दिएको जानकारी पनि गराए ।

ट्रमा सेन्टरको अनुगमन पूर्व, मन्त्री यादव त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा पनि अनुगमनका लागि पुगेका थिए । उनले अस्पतालले दिइरहेको सेवाबाट आफू प्रभावित भएको बताउँदै, आँखा अस्पतालले पेपरलेस प्रणालीको थालनी र जाँचका लागि विशिष्ट किसिमको आधुनिक उपकरणको प्रयोग गरेकोमा प्रशंसा गरे । मन्त्री यादवले अन्य अस्पतालहरूमा पनि यसलाई लागू गर्न पहल गर्ने बताए ।

आँखा अस्पतालको अनुगमनका क्रममा, त्यहाँका प्रमुखले पुरानो भवनबाट उपचार गर्न कठिनाइ भइरहेको दुखेसो पोखे । अस्पतालका निर्देशकले भवन गुठी संस्थानको जग्गामा निर्मित रहेको र यसलाई विस्तार गर्न गुठीबाट अनुमति आवश्यक रहेकोले सोका लागि पहल गर्न मन्त्री यादवसँग आग्रह गरे । आँखा जाँच र उपचारलाई स्वास्थ्य बिमा कार्यक्रममा राख्न पनि आग्रह गरे । मन्त्री यादवले यी आग्रहहरूमा आफू सकारात्मक रहेको बताउँदै छिट्टै समस्या समाधानका लागि काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि मन्त्री यादवले काठमाडौँस्थित वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पनि अनुगमन गरेका थिए । स्वास्थ्य क्षेत्रमा विद्यमान समस्याहरूलाई सुधार गर्न प्रतिबद्ध उनले बिरामीहरूको उपचारमा कुनै किसिमको लापरबाही नगर्न निर्देशन दिए । उनले देशभरका गरिब जनता उपचारको आसमा पुग्ने केन्द्रीय अस्पतालहरूको सेवा सुधार्न आफू लागिपरेको बताए ।

अनुगमनमा मन्त्री यादवका निजी सचिव भक्तराज जोशी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...