Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026

वीरगंजमा बन्न लागेकाे चिडियाखानाको सीमाभित्र पर्ने अतिक्रमण हटाउन छलफल

spot_img
spot_img

वीरगंज । वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम तिब्र रुपमा अघि बढेको छ । ५० हेक्टर क्षेत्रफल ओगट्ने यस चिडियाखानाको सीमांकन तथा त्यसमा घेराबार गर्ने काम करिब ६० प्रतिशत सकिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए ।

‘अहिले सम्म घेराबार गर्ने काम करिब ६० प्रतिशत सम्पन्न भएको छ, उनले भने, बाकी घेराबार गर्ने काम पनि भइरहेको र केही स्थानमा भने ब्यक्तिहरुले कब्जा गरिराखेकाले त्यो अतिक्रमण हटाउनु पर्ने देखिएको छ ।’

निकुन्जले शुक्रबारा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बैठक राखेर चिडियाखानाको सीमाभित्र पर्ने अतिक्रमण हटाउने विषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ । बैठकले चिडियाखासनाको पेरिमिटरमा भएको अतिक्रमण हटाउन सार्वजनिक सूचनामार्फत आह्वान गर्ने र अटेर गरे नियमानुसार खाली गराउने निर्णय गरेको छ ।

यस्तै सीमांकनका लागि सार्वजनिक र निजी आवादी जग्गा छुट्याउन नापी कार्यालयलाई अनुरोध समेत गर्ने निर्णय गरेको छ ।
महानगर प्रमुख सिंहको नेतृत्वमा सरोकारवालाहरुको टोलीले चिडियाखानाको घेराबारको काम अनुगमन गर्ने र अनुगमन पछि आएको सुझाव अनुसार बांकि प्रकृया समेत अघि बढाउने निर्णय पनि भएको छ ।

बैठकमा महानगर प्रमुख सिंहले प्रकृतिक यहाँका नागरिक चिडियाखाना निर्माणको व्यग्र प्रतिक्षामा रहेकाले यसको निर्माण कार्य कुनै पनि बहानामा ढिलाई हुन नहुने बताए । साथै उनले चिडियाखानाको पेरिमिटरमा पर्ने अतिक्रमण सबैको समन्वयमा हटाउन महानगर लागि पर्ने पनि बताए ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले चिडियाखाना निर्माणको काम महत्वपूर्ण रहेकाले कतैबाट पनि अवरोध नआउने गरि सबैसँग समन्वय गरेर काम गर्नुपर्ने बताए ।

बैठकमा नेपाली सेनाका प्रमुख सेनानी डायमण्ड कार्की, ससस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपाने, डिभिजन बन कार्यालय पर्साका प्रमुख सुनिल कुमार कर्ण, नापी कार्यालय पर्साका प्रमुख नापी अधिकृत राकेश कुमार झा, सबैया साझेदारी बन व्यवस्थापन समुहका अध्यक्ष लखनलाल साह, वडा नम्बर ३१ का वडा अध्यक्ष जितेन्द्र यादब, ३२ का रियाज अहमद लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गदियानीको सडक निर्माणमा बेवास्ता, वर्षायाममा हिलोले जनजीवन कष्टकर

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ स्थित गदियानीको एक सडक २५ वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । सडक...

नेशनल मेडिकल कलेज र भारतीय संस्थाबीच स्वास्थ्य सेवामा सहकार्य

वीरगंज । नेशनल मेडिकल कलेज प्रालि., वीरगञ्ज र भारतको नयी दिशा एजुकेशनल सोसाइटीबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताले सोसाइटीका सदस्य, कर्मचारी...

बबिताको अध्यक्षतामा महिला मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन

वीरगंज । आम जनता पार्टी (आजपा) निकटको जनवर्गीय संगठन आम महिला मोर्चाको केन्द्रीय कार्य समिति पुनर्गठन गरिएको छ । कुमारी बबिताको अध्यक्षतामा ५९ सदस्यीय...