Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पदभार ग्रहण गर्दै मधेशका मुख्यमन्त्री सिंहले के के गरे निर्णय

spot_img
spot_img

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गर्दै कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा निर्णय गरेका छन् । उनले मधेश प्रदेशका १३६ वटै स्थानीय तहमा बाँझो जग्गा उपयोग गरी नमुना कृषि विकास मोडल लागू गरी ‘एक पालिका एक कृषि उत्कृष्टता केन्द्र’ स्थापना गर्ने निर्णय गरेका छन् । 

शुक्रबार पद तथा गोपनियताको शपथ लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेशको हरेक स्थानीय तहमा नमुना रुपमा एक/एक खुला शैक्षिक पार्क बनाउने, मधेश आन्दोलनका शहीद, घाइते परिवारलाई सम्बोधन हुने कार्यक्रम, संघीयताका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंह र प्रथम गणतन्त्रवादी नेता स्व. रामराजाप्रसाद सिंहको सम्मानमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

यसैगरी प्रदेशको तथ्यांक भरपर्दा र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने, वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका जनशक्तिको पहिचान गरी श्रम बैंकको रुपमा स्थापना गरी सिपलाई रोजगारीसँग जोड्ने कार्यक्रम अगाडि बढाउने निर्णय मुख्यमन्त्री सिंहले गरेका छन् ।

मधेश प्रदेशमा लगानी सम्मेलन गर्ने, मधेशमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारिता प्रवर्द्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्री सिंकाे निर्णय छ । मधेशको खेल क्षेत्रलाई गतिशील बनाउन प्रदेश गौरवको आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने र खेलाडीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने पनि मुख्यमन्त्री सिंहको निर्णय छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...