Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

पर्साकाे विभिन्न स्थानमा हवाहुरीले लाखाैंकाे क्षति, विधुत लाइन समेत अवरुद्ध

spot_img
spot_img

वीरगंज । पर्सामा हावाहुरीले लाखाैकाे क्षति भएकाे छ । बुधबार राति आएकाे हावाहुरीले पर्साकाे सखुवा प्रसौनी गाउँपालिका र बहुदरमाई नगरपालिकामा लाखौको क्षती भएको छ ।  

हावाहुरीले पर्सामा करिब ४ सय घर, गोठ, पोल्टीफर्महरुमा क्षति पुर्याकाे छ । साथै विभिन्न ठाउँमा रुख, बिरुवाहरुलाई ढालेर नष्ट गरेको छ । यसका साथै बिधुतको लाईन ११ हजार भोल्ट देखी पोल र टा्रन्सर्फरममा पनि क्षती पर्याएकाे सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए ।

सखुवाप्रसौनी गाउँपालिकाको वडानम्बर १ देखी ४ सम्म धेरै क्षती भएको पिडीतहरु बताएका छन । वडा नम्बर ३ निवासी बिजय प्रसाद कुर्मी, महेन्द्र राउत कुर्मी र नागीन्द्र राउत कुर्मीको संजना पोल्टी फर्मको घर ढलेर नष्ट हुनुका साथै घरमा रहेको दाना, भाडाबर्तन र कुखुराको चल्ला ४५ पैतालिस सय नष्ट भएको छ । अन्दाजी रु १३ लाख बराबरकाे क्षती भएको सोही वडा निवासी समाजसेवी रामबाबु प्रसाद कुर्मीले जानकारी दिए ।

यसैगरी वडा नम्बर २ निवासी सैदर अंसारीको कुखुरा फर्मको घर, भाडाबर्तन, दाना र १२ सय चल्ला गरी ४ लाख बराबरको क्षती भएको पिडीतले बताएका छन । सयौ

रुखबिरुवा, घर, पोल नष्ट हुँदा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यादवले बिहानै वडा नम्बर १ देखी ६ सम्म आमजनताको घरमै पुगी क्षतीको अवलाेकन गरेका थिए । अध्यक्ष यादवले अवलाेकनकाे क्रममा हवाहुरीबाट क्षती भएका पिडीत परिवारहरुलाई क्षतीपुर्ती स्वरुप राहत केही दिने आश्वासन पनि दिएकाे पिडितले जनाएकाे छ ।

यसैगरी बहुदरमाई नगरपालिकाको डौकैला बहुअरी गण्डक नहरचौकमा रहेको बजार एरियाको पसल र घरमा पनि ठुल्ले मात्रामा क्षती भएको नगर प्रमुख सिंहासन साह तेलीले बताए । लाखौको क्षती भएको गरीब तथा ब्यापारीहरुलाई राहत स्वरुप स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले लगानी गर्न प्रमुख साहले मांग गर्नु भएको छ ।

साहका अनुसार पोल तार तथा टा्रन्सफर्मरमा क्षती भएकोले बिधुत लाईन अवरुध हुदा जनजीवन प्रभावित बनेको छ । बिधुत कार्यालयले अबिलम्ब बिधुत लाईन शुचारु गरी आमजनमानसमा राहत दिन समेत आग्रह गर्नु भएको छ । यसैगरी पर्साका अन्य पालिकाहरुमा पनि समान्य रुपमा क्षती भएको स्थानियहरु बताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...