Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

संस्थाको वार्षिक वजेट र खर्चको बारेमा अभिमुखिकरण

spot_img
spot_img

वीरगंज । दिव्य विकास स्रोत केन्द्र, पर्साले अन्तर्राष्ट्रिय आन्तरिक लेखापरिक्षण सचेतिकरण महिना एक कार्यक्रम आयोजना गरि मनाएको छ । दिव्य विकास स्रोत केन्द्रले यो कार्यक्रम प्रत्येक वर्ष मे महिनामा मनाउने गरको छ ।

अन्तर्राष्ट्रिय आन्तरिक लेखापरिक्षण सचेतिकरण महिनाको मनाउने क्रममा संस्थाको वार्षिक वजेट र खर्चको बारेमा संस्थाका पदाधिकारी एंव कर्मचारीहरुलाई अभिमुखिकरण गरिएको थियो । पारदर्शिता र जवाफदेहितालाई संस्थागत रुपमा स्थापित गर्नको लागी यो कार्यक्रम संचालन गर्ने अभ्यास गरिएको दिव्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले जानकारी दिए ।

कार्यक्रममा वित्त व्यवस्थापन सम्बन्धि भएका अभ्यास, आम्दानी, खर्च, चुनौतिको बारेमा संस्थाका वित्त संयोजक श्यामकिशोर प्रसाद चौहानले प्रस्तुतिकरण गरेका थिए । संस्थामा कार्यरत कर्मचारीहरुले कार्यक्रम संचालन एंव कार्यान्वयन गर्ने शिलशिलामा आएका समस्या तथा चुनौतिको बारेमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरीले संस्थाको वार्षिक बजेट र खर्चको अवस्था सबै कर्मचारीहरुलाई जानकारी नहुने भएको हुनाले यस्ता कार्यक्रमले कर्मचारीहरुको मनोवल बृद्धीहुने र सामाजिक उत्तरदायित्व बढ्ने वताए ।

कार्यक्रममा दिव्य विकास स्रोत केन्द्रका पदाधिकारी एंव कर्मचारी गरि २० जनाको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...