Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

चुनौतीका बाबजुद पनि नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ : स्वास्थ्य मन्त्री यादव

spot_img
spot_img

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले जेनेभामा भइरहेको ७७ औँ विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गर्नुभएको छ । 

मङ्गलवार युरोपेली देश स्विजरल्याण्डस्थित जेनेभामा आयोजना गरिएको कार्यक्रमलाई नेपाल सरकारको प्रतिनिधिका रूपमा सम्बोधन गर्नुहुँदै मन्त्री यादवले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै नागरिकको स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।

उनले भने ‘धेरै चुनौतीका बाबजुद पनि नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ । कोभिड महामारीले सिकाएको पाठपछि हामी नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय एजेन्सीहरू र संस्थाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छौँ,’ ।

डब्ल्यूएचओको केन्द्रीय कार्यालयले आयोजना गरेको स्वास्थ्य सम्मेलनमा मन्त्री यादवले डब्ल्यूएचओले विगत सात दशकदेखि विश्वभरका करोडौँ मानिसहरूको जीवन बचाउन गरिरहेको सेवाका लागि धन्यवाद दिनुहुँदै नेपालको स्वास्थ्यका विषयमा बोल्नु भएको हो ।

‘म विश्व स्वास्थ्य सङ्गठन, डाक्टर टेड्रोस र कर्मचारी सदस्यहरूलाई विगत ७६ वर्षदेखि विश्वभरका मानिसहरूको जीवन बचाउन समर्पित सेवाको लागि धन्यवाद दिन चाहन्छु, सम्बोधनका क्रममा मन्त्री यादवले भने ।

सम्मेलनमा मन्त्री यादवले कोभिड महामारीबाट धेरै पाठ सिकेको भन्दै नेपालमा थप बलियो स्वास्थ्य सेवा सुविधाहरू राख्न र स्वास्थ्य आपत्कालीन र भविष्यको महामारीको सामना गर्न राम्रोसँग काम अगाडि बढाइरहेको पनि जानकारी दिए ।

नेपालले स्वास्थ्यलाई संविधानबाट नै मौलिक हकका रूपमा सुनिश्चित गरेको जानकारी दिँदै नेपाली जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले वताए । नेपालले पछिल्लो दुई दशकमा मातृ र बालबालिकाको स्वास्थ्यसँगै औसत आयुको क्षेत्रमा उल्लेख्य प्रगति गरेको जानकारी दिदै मन्त्री यादवले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै काम अगाडि बढाइरहेको बताए । 

कार्यक्रममा मन्त्री यादवले स्वास्थ्यको समग्र नतिजामा सामान्य रूपमा प्रगति भएता पनि समाजका सबै क्षेत्रहरूमा एकरूपता नभएकाले त्यसतर्फ सचेत रहँदै काम गर्नुपर्ने जानकारी दिए । ‘स्वास्थ्यका क्षेत्रमा सामान्य रूपमा प्रगति भएका छन् । तर समाजका सबै क्षेत्रमा भने एकरूपता छैन । त्यहाँ खाडल र चुनौतीहरू छन्,’ सम्बोधनका क्रममा मन्त्री यादवले भने, ‘विशेष गरी सहभागितामूलक खाडलहरू र खोप लगायत स्वास्थ्यको पहुँचका क्षेत्रमा चुनौतीहरू अझै छन् । तर हामी सहभागितालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहसँगै पहुँच बढाउन काम जारी राख्छौँ ।’

उहाँले जलवायु परिवर्तन, कोभिड-१९ महामारी र द्रुत सहरीकरणका प्रभावहरूले जनस्वास्थ्यप्रतिको दृष्टिकोणलाई पुनः अवलोकन गर्न बाध्य बनाएको पनि जिकिर गर्नुभयो ।

त्यस्तै उहाँले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन र महामारी रोकथाम, तयारी र प्रतिक्रियाको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको कुरामा पनि जोड दिनुभयो । ‘हामीलाई बलियो र समतामूलक स्वास्थ्य प्रणाली निर्माणका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू आवश्यक छ । यसका साथै महामारी रोकथाम, तयारी र प्रतिक्रियाका लागि पनि अन्तर्राष्ट्रिय उपकरण लगायतका अन्य साथ र सहयोगहरू चाहिन्छ ।’

मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच प्राप्त गर्न र दिगो विकास लक्ष्यहरू पूरा गर्न स्थानीय आवश्यकताहरूलाई सम्बोधन गर्न आवश्यक रहेको कुरामा पनि जोड दिनुभयो । ‘नेपालमा “स्वास्थ्यका लागि सबै, सबैका लागि स्वास्थ्य”लाई वास्तविकता बनाउन हामीलाई विश्व स्वास्थ्य सङ्गठन र अन्य अन्तर्राष्ट्रिय साझेदारहरू चाहिन्छ,“ मन्त्री यादवले भन्नुभयो ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले जेनेभामा भइरहेको ७७ औँ विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गर्नुभएको छ । 

मङ्गलवार युरोपेली देश स्विजरल्याण्डस्थित जेनेभामा आयोजना गरिएको कार्यक्रमलाई नेपाल सरकारको प्रतिनिधिका रूपमा सम्बोधन गर्नुहुँदै मन्त्री यादवले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै नागरिकको स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।

‘धेरै चुनौतीका बाबजुद पनि नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ । कोभिड महामारीले सिकाएको पाठपछि हामी नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय एजेन्सीहरू र संस्थाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छौँ,’ मन्त्री यादवले भन्नुभयो ।

डब्ल्यूएचओको केन्द्रीय कार्यालयले आयोजना गरेको स्वास्थ्य सम्मेलनमा मन्त्री यादवले डब्ल्यूएचओले विगत सात दशकदेखि विश्वभरका करोडौँ मानिसहरूको जीवन बचाउन गरिरहेको सेवाका लागि धन्यवाद दिनुहुँदै नेपालको स्वास्थ्यका विषयमा बोल्नु भएको हो ।

‘म विश्व स्वास्थ्य सङ्गठन, डाक्टर टेड्रोस र कर्मचारी सदस्यहरूलाई विगत ७६ वर्षदेखि विश्वभरका मानिसहरूको जीवन बचाउन समर्पित सेवाको लागि धन्यवाद दिन चाहन्छु, सम्बोधनका क्रममा मन्त्री यादवले भन्नुभयो ।

सम्मेलनमा मन्त्री यादवले कोभिड महामारीबाट धेरै पाठ सिकेको भन्दै नेपालमा थप बलियो स्वास्थ्य सेवा सुविधाहरू राख्न र स्वास्थ्य आपत्कालीन र भविष्यको महामारीको सामना गर्न राम्रोसँग काम अगाडि बढाइरहेको पनि जानकारी दिनुभयो ।

नेपालले स्वास्थ्यलाई संविधानबाट नै मौलिक हकका रूपमा सुनिश्चित गरेको जानकारी दिँदै नेपाली जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । नेपालले पछिल्लो दुई दशकमा मातृ र बालबालिकाको स्वास्थ्यसँगै औसत आयुको क्षेत्रमा उल्लेख्य प्रगति गरेको जानकारी दिनुहुँदै मन्त्री यादवले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै काम अगाडि बढाइरहेको बताउनुभयो । 

कार्यक्रममा मन्त्री यादवले स्वास्थ्यको समग्र नतिजामा सामान्य रूपमा प्रगति भएता पनि समाजका सबै क्षेत्रहरूमा एकरूपता नभएकाले त्यसतर्फ सचेत रहँदै काम गर्नुपर्ने जानकारी दिनुभयो । ‘स्वास्थ्यका क्षेत्रमा सामान्य रूपमा प्रगति भएका छन् । तर समाजका सबै क्षेत्रमा भने एकरूपता छैन । त्यहाँ खाडल र चुनौतीहरू छन्,’ सम्बोधनका क्रममा मन्त्री यादवले भन्नुभयो, ‘विशेष गरी सहभागितामूलक खाडलहरू र खोप लगायत स्वास्थ्यको पहुँचका क्षेत्रमा चुनौतीहरू अझै छन् । तर हामी सहभागितालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहसँगै पहुँच बढाउन काम जारी राख्छौँ ।’

उहाँले जलवायु परिवर्तन, कोभिड-१९ महामारी र द्रुत सहरीकरणका प्रभावहरूले जनस्वास्थ्यप्रतिको दृष्टिकोणलाई पुनः अवलोकन गर्न बाध्य बनाएको पनि जिकिर गर्नुभयो ।

त्यस्तै उहाँले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन र महामारी रोकथाम, तयारी र प्रतिक्रियाको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको कुरामा पनि जोड दिनुभयो । ‘हामीलाई बलियो र समतामूलक स्वास्थ्य प्रणाली निर्माणका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू आवश्यक छ । यसका साथै महामारी रोकथाम, तयारी र प्रतिक्रियाका लागि पनि अन्तर्राष्ट्रिय उपकरण लगायतका अन्य साथ र सहयोगहरू चाहिन्छ ।’

मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच प्राप्त गर्न र दिगो विकास लक्ष्यहरू पूरा गर्न स्थानीय आवश्यकताहरूलाई सम्बोधन गर्न आवश्यक रहेको कुरामा पनि जोड दिए । ‘नेपालमा “स्वास्थ्यका लागि सबै, सबैका लागि स्वास्थ्य”लाई वास्तविकता बनाउन हामीलाई विश्व स्वास्थ्य सङ्गठन र अन्य अन्तर्राष्ट्रिय साझेदारहरू चाहिन्छ,“ मन्त्री यादवले भने ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...