Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

बजेटमा वीरगंजसंग पुन: विभेद भयाे : मेयर सिंह

spot_img
spot_img

वीरगंज । अगामी आर्थिक बर्ष २०८१/०८२ बजेटमा वीरगंजसंग विभेद भएकाे वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वताएका छन् । 

बजेट भाषणपछि संचारकर्मीहरुसंग कुरा गर्दै मेयर सिंहले संघिय सरकारले ल्याएकाे अगामी बर्षकाे बजेटमा वीरगंजसंग विभेद गरिएकाे आराेप लगाएका हुन् । उनले बजेट भाषणमा वीरगंजकाे नारायणी अस्पतालाई ५ सय सैयाकाे बनाइने वाहेक केही नसुनिएकाे वताए ।

उनले बन्द रहेकाे कारखाना संचालनकाे विषयमा वीरगंजकाे चिनि कारखाना, कृषि औजार कारखानाकाे बारैमा कतै नसुनिएकाे वताए । मेयर सिंहले त्यती मात्र हाेइन जिर्ण बनेकाे वीरगंजकाे नारायणी रंगशाला निर्माणकाे लागि पनि सरकारले बजेट नछुट्याएकाे वताउँदै दुख ब्यक्त गर्दै विगतकाे बर्ष झै अगामी बर्षकाे बजेटमा पनि वीरगंजसंग विभेद गरिएकाे वताए ।

वीरगंज कै स्वास्थ्य तथा जनसंख्या मन्त्रीले अगामी बर्षकाे बजेटमा नारायणी अस्पतालकाे लागि एक अर्बकाे बजेट आउने वताएपनि सरकारले बजेट नछुट्याएकाे प्रश्नकाे जवाफमा मेयर सिंहले त्याे मन्त्री जीकाे व्यक्तिगत बिषय भएकाेले उहाँले मन्त्रालयकाे बजेटबाट छुट्याउने भने विश्वा व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...