Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने रन्जित चौरसियालाई पक्राउ गर्न आदेश

spot_img
spot_img

वीरगंज । सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने रन्जित चौरसिया विरुद्ध पक्राउ आदेश जारी भएको छ । पत्रकार हरिशंकर शर्मा सहितका ५ जनाले चौरसिया विरुद्ध दिएको जाहेरीको आधारमा पर्सा जिल्ला अदालतले उनी विरुद्ध पक्राउ आदेश जारी गरेको हो ।

वीरगंज टाइम्सका संचालक समेत रहेका पत्रकार शर्मासहित पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, शिक्षाकर्मी अजित चौरसिया, रन्जित पंडित एवं अरुण कुशवाहाले संयुक्त रुपमा दिएकाे साइबर अपराध अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए ।

पर्सा जिल्ला अदालतले मंगलबार साँझ चौरसियालाई पक्राउ गरि अनुसन्धान अगाडि बढाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अदालतले चौरसियालाई पक्राउ गर्न आदेश दिएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुँगेलले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन समेत दिइसकेको बताए ।

चौरसियाले पत्रकारिताको आवरणमा बेला बखत विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्दै आएका छन् । पत्रकारका खोल ओढेर आफ्नो स्वार्थ पुरा गर्न पल्केका चौरसियाले शिक्षाकर्मी, व्यवसायी, पत्रकार एवं प्रहरीलाई आर्थिक लाभ नपाएपछि धम्काउने, थर्काउने गरेका छन् ।

जुनसुकै क्षेत्रमा आबद्ध व्यक्तिहरुबाट आर्थिक लाभ पुरा नभएपछि विभिन्न अनलाइनमा आधारहीन, भ्रामक समाचारहरु प्रकाशन गर्ने र त्यतिले पनि स्वार्थ पुरा नभएपछि सामाजिक सञ्जाल फेसबुकमा अनाब, सनाब लेखेर चरित्र हत्या गर्ने गरेका छन् ।

सोही क्रममा पोखरिया नगरपालिकाबाट आर्थिक लाभ लिने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव, शिक्षाकर्मी चौरसिया, पण्डित र कुश दैनिकका संचालक समेत रहेका अरुण कुशवाहाको चरित्र हत्या गरेका थिए ।

उनीबाट आजित भई प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जिल्ला अदालत पर्सामा गाली बेइज्जतीको मुद्दा हालेपछि त्यही समाचार लेखेकै आधारमा वीरगंज टाइम्सका संचालक पत्रकार शर्माको चरित्र हत्या गरेका थिए । त्यसकै कार्यकाे विरुद्ध पाँचै जनाले जिल्ला प्रहरी कार्यालय पर्सामा संयुक्त रुपमा साइबर अपराध सम्बन्धी जाहेरी दिएपछि जिल्ला अदालत पर्साले चौरसिया विरुद्ध पक्राउ आदेश जारी गरेको हो । उनी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...