Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

१८ बर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न फरार प्रतिवादी एक जनालाई पक्राउ गरेकाे छ ।

विशेष सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले कर्तव्य ज्यान ( ज्यान सम्बन्धी कसूर ) मुद्दामा संलग्न रही फरार रहेका पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं.६ एकडरवा निवासी ५० बर्षिय बिनोद भन्ने विनय प्रसाद यादवलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

लुकीछिपी बस्दै आएको अवस्थामा निजकै घर ठेगानाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताए ।

निज समेतले मिति २०६३।०४।१२ गते विहान १०:०० बजेको समयमा पर्साकाे साविक गा.वि.स.लखनपुर वडा नं.९ हाल परिवर्तित सखुवा प्रसौनी गा.पा.वडा नं.६ एकडर्वा स्थित नहरको डिलमा रेखा राउत कम्करलाई गोली हानी हत्या गरेको प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...