Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

भोजपुरी चलचित्र ‘मेयर सिंह’ को निर्माण सम्पन्न, छिटै प्रदर्शन हुने

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरका विषयमा निर्मित भोजपुरी चलचित्र ‘मेयर सिंह’ को छायाङ्कन सकिएको छ । वीरगंजकाे त्रिमुर्ती सिनेमा हलमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण पक्षले चलचित्र निर्माणको काम सम्पन्न भएको जानकारी गराएको हो । 

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले वीरगंजकाे अवस्थालाई चलचित्रमा चित्रण गरिएको बताए । बदलिएको वीरगंज र राजनीतिसँगै प्रेम, द्वन्द्व लगायतका सबै रसलाई चलचित्रमा समावेश गरिएको कुर्मीको भनाई छ । यसअघि भारतमा बनेका चलचित्र नेपालमा चल्ने गरेकोमा ‘मेयर सिंह’ चलचित्र भारतमा पनि प्रदर्शन गरिने कुर्मीले जानकारी दिए । 

यहाँकै स्थानीय कलाकारले स्थानीय भाषा तथा संस्कृतिको संरक्षणका लागि बनाएको चलचित्रको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले सह्राना गरे । चलचित्रले वीरगंज बास्तविकतालाई उतार्दै यहाँको विकासका बाधक तथा चुनौती एवम् समस्याहरुलाई केलाउन सघाउ पुग्ने अध्यक्ष तिवारीको विश्वास छ । कला, साहित्य, संगीत एवम् चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेष्ण गर्न पनि अध्यक्ष तिवारीले पत्रकारहरुलाई अनुरोध गरेका छन् । 

पत्रकार सम्मेलनकै क्रममा चलचित्र ‘मेयर सिंह’ को ट्रेलर पनि प्रदर्शन गरिएको थियो । ट्रेलरमा वीरगंज महानगरपालिकाका गतिविधिलाई समावेश गरिएको देख्न सकिन्छ । वीरगंजमा सरसफाईमा आएको कायापलटको चर्चा पनि ट्रेलरमा देखाइएको छ । 

सुनिल तिवारीले लेखेको ‘मेयर सिंह’ को पटकथालाई सुबास देवकोटाले निर्देशन गरेका छन् । चलचित्रमा जितु जितेन्द्र, अजय पटेल, शिव प्रसाद कुर्मी, प्रिति आर्य, श्रेया दुलाल, मुखलाल प्रसाद, रवी कुमार साह, प्रितम कलवार लगायतले अभिनय गरेका छन् । 

वीरगंजसहित बारा, पर्सा एवम् मकवानपुरका विभिन्न स्थानमा चलचित्रको छायाङ्कन गरिएको छ । पटकथा लेखक सुनिल तिवारीले नै सहायक निर्देशन गरेको चलचित्रलाई मेहफुज अन्सारीले छायाङ्कन गरेका हुन् । अजमत अली अन्सारी र सन्तोष पुरीको शब्द, संगीत एवम् गायन रहेको छ । 

शंकर महर्जनको द्वन्द्व रहेको चलचित्रको भिएफएक्स दिनेश ढकालले गरेका छन् । यही साताभित्र चलचित्रको ट्रेलर ‘ईगो रेकर्डस भोजपुरी’ युट्युब च्यानलमार्फत सार्बजनिक गर्ने तयारी रहेको चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले जानकारी दिए । उनकाअनुसार हलबाट अनुमति पाउने बित्तिकै एक महिना भित्रैमा चलचित्रको प्रदर्शन मिती पनि सार्बजनिक गरिनेछ । 

चलचित्र पत्रकार संघकी अध्यक्ष निलिमा पौडेलले सहजीकरण गरेको पत्रकार सम्मेलनमा पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, चलचित्र पत्रकार संघ पर्साका सल्लाहकार निरज पिठाकोटे मगर, बानका मधेश प्रदेश अध्यक्ष आशिक अन्सारी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनसहित पत्रकार एवम् चलचित्रका कलाकारहरुको उपस्थिती रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...