Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंजबाट खैराे हिराेइन र अफिमसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगञ्ज । प्रतिबन्धित लागु औषधसहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ शंकराचार्य गेटस्थित सडकखण्डबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ् टोलीले मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २९ वर्षीय समुन्द्र साह र सोही ठाउँका २४ वर्षीय अमिर वानियालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताए । 

बा.प्र.०३–०२–प९४५० नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटीको सिटमुनी लुकाई छिपाई प्लाष्टिकको झोलाभित्र लागुऔषध खैरो हिरोइन १५१ ग्राम र अफिम १५४ ग्राम फेला परेको प्रवक्ता थापाले जानकारी दिए । 

उनीहरुविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...