Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

शाखा अधिकृत मैनालीकाे हत्यामा संलग्न फरार महुवनका गिरी पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत ५२ बर्षिय मोहन प्रसाद मैनालीकाे हत्यामा सलंग्न फरार प्रतिवादी पर्सा कै सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ बलुवा निवासी ७२ बर्षिय प्रेम गिरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

विशेष सूचनाको आधारमा विभिन्न जघन्य प्रकृतिका अपराधहरूमा संलग्न रही हाल सम्म फरार रहेका बलुवा निवासी गिरीलाई लुकीछिपी बस्दै आएको अवस्थामा निजकै घरबाट आइतबार पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका गिरीलाई पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको उनले वताए । निज नेपाल तथा भारतको विभिन्न स्थानहरुमा हत्या, चोरी, डकैती लगायत अन्य अपराधिक कृयाकलापहरूमा संलग्न रही बिगत लामो समय देखि प्रहरीको खोजीमा रहेका थिए ।

प्रवक्ता थापाका अनुसार मिति २०६५।०६।२२ गते जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत मैनालीलाई गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दा गिरीमाथि दर्ता रहेकाे छ ।

त्यसैगरी, उनीमाथि २०५७।०५।१२ गते १२:३० बजे रातीको समयमा जिल्ला पर्सा साविक विन्दवासिनी गा.वि.स. वडा नं.४ बस्ने वर्ष ३० देवेन्द्र प्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हानी देवेन्द्र प्रसाद यादवकाे मृत्यु भएको खुन डाँका मुद्दा पनि दर्ता रहेकाे प्रवक्ता थापाले वताए ।

प्रहरीका अनुसार मिति २०६६।११।१९ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा उनी फरार रहेका थिए । त्यसैगरी मिति २०६०।०९।२५ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेका थिए ।

 त्यसैंगरी, मिति २०६०।०३।०३ गतेको पूनरावेदन अदालत हेटौडाको फैसलानुसार हात हतियार तथा खरखजाना मुद्दामा र मिति २०५६।०२।०४ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसलाले केही सार्वजनिक अपराध मुद्दामा संलग्न रहि उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...