Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पर्सा जिल्ला पूर्ण खोप घोषणा

spot_img
spot_img

वीरगंज । पर्सा जिल्ला पूर्ण खोप घोषणा भएकाे छ । स्वास्थ्य कार्यालय पर्साकाे आयाेजनामा बिहीबार वीरगंजमा भएकाे एक औपचारिक कार्यक्रमका बिच पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा भएकाे हो । कार्यक्रमका प्रमुख अतिथी मधेस प्रदेशका स्वाास्थ्य मन्त्रालयका सचिव डाक्टर प्रमोद यादवले पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरे ।

मधेस प्रदेशका पांचाै जिल्लाकाे रुपमा पर्सा पूर्ण खाेप घाेषणा भएकाे हाे । अझै पनि मधेश प्रदेशका रौतहट, महोत्तरी र धनुषा पूर्ण खोप जिल्ला घोषणा गर्न बाकी रहेको छ ।

पर्सामा पूर्ण खोप कार्यक्रम २०७३ वैशाखबाट थालिएको थियो । लक्ष्य अनुसार सन् २०१७ भित्रै पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरी सक्नु पथ्र्यो । तर त्यस अवधिमा पनि हुन नसकेपछि पटक पटक म्याद थप्दै काम हुँदै आएकोमा बिहीबार पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमाेद ठाकुरले वताए ।

ठाकुरका अनुसार, जिल्लाका जन्मेदेखि १५ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले एउटा पनि खोप नछुटाई सबै खोप लगाएको अवस्थामा उक्त जिल्लालाई पूर्ण खोप घोषणा गर्ने गरिएको छ ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश स्वास्थ्थ्य निर्देशनालयका निर्देशक डाक्टर राजिव झा, जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन कुर्मी, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्ति नारायण साह, जिल्ला खोप समन्वय समितिका सदस्य जसपाल सिंह, पर्साका विभिन्न पालिकाका उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख लगायतकोपनि उपस्थिती थियो ।

‘स्थानीय स्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पर्सा लाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । घाेषणा सभाका पुर्ण खाेप जिल्ला घाेषणामा सहयाेग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी लगायतकालाई सम्मान समेत गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...