Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको आम संचार नियमन तथा प्रबर्धन समितिको वैठकले पत्रकारहरुको लागि महानगरले स्थापना गरेको आपतकालिन कोषको संचालन कार्य विधि तयार गरी लागु गर्ने निर्णय गरेको छ ।

आम संचार नियमन तथा प्रबर्धन समितिका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न वैठकले विगत लामो समयदेखि वीरगंजमा आर्थिक अवस्था कमजोर भएका सञ्चारकर्मीहरुलाई विभिन्न घटना, दुर्घटना तथा उपचारमा सहयोग नपाई रहेको अवस्थामा महानगरले आपतकालिन कोष खडा गरी क्रियाशिल पत्रकारहरुलाई सहयोग गर्ने उद्देश्य लिएको हुँदा सहयोगका लागि आवश्यक कोष संचालन कार्य विधि तयार गर्ने निर्णय गरेको हो ।

कार्य विधि तयारको जिम्मा समेत संयोजक ध्रुव अधिकारीलाई दिईएको छ । यसैगरी महानगरपालिकाले वितरण गर्दै आएको लोक कल्याणकारी विज्ञापनका लागि आगामी आर्थिक बर्ष २०८१/८२ का लागि सुचिकृत हुन आगामी जेठ ६ गते प्रकाशन प्रसारण शाखालाई सुचिकृत गर्न सूचना प्रकाशित गर्नका लागि निर्देशन दिएको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...