Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको आम संचार नियमन तथा प्रबर्धन समितिको वैठकले पत्रकारहरुको लागि महानगरले स्थापना गरेको आपतकालिन कोषको संचालन कार्य विधि तयार गरी लागु गर्ने निर्णय गरेको छ ।

आम संचार नियमन तथा प्रबर्धन समितिका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न वैठकले विगत लामो समयदेखि वीरगंजमा आर्थिक अवस्था कमजोर भएका सञ्चारकर्मीहरुलाई विभिन्न घटना, दुर्घटना तथा उपचारमा सहयोग नपाई रहेको अवस्थामा महानगरले आपतकालिन कोष खडा गरी क्रियाशिल पत्रकारहरुलाई सहयोग गर्ने उद्देश्य लिएको हुँदा सहयोगका लागि आवश्यक कोष संचालन कार्य विधि तयार गर्ने निर्णय गरेको हो ।

कार्य विधि तयारको जिम्मा समेत संयोजक ध्रुव अधिकारीलाई दिईएको छ । यसैगरी महानगरपालिकाले वितरण गर्दै आएको लोक कल्याणकारी विज्ञापनका लागि आगामी आर्थिक बर्ष २०८१/८२ का लागि सुचिकृत हुन आगामी जेठ ६ गते प्रकाशन प्रसारण शाखालाई सुचिकृत गर्न सूचना प्रकाशित गर्नका लागि निर्देशन दिएको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...