Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

अलौका आगलागि प्रभावितलाई राहत वितरण

spot_img
spot_img

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आगलागी प्रभावितलाई राहत वितरण गरेको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १७ अलौका आगलागि प्रभावितलाई खाद्यान्न सामग्री वितरण गरिएको प्रहरीले जनाएकाे छ । 

आगलागीबाट प्रभावित भएका ७ घरपरिवारलाई प्रतिघर एक बोरा चामल, दाल, आलु, प्याज, चिनी, नुन, आटा लगायतका खाद्यान्न सामग्री वितरण गरिएको वडा नमबर १७ का वडाध्यक्ष सञ्जिव बहादुर क्षेत्रीले जानकारी दिए । 

अस्थाई प्रहरी कार्यालय सिर्सियासँगै वडा नम्बर १७ को वडा कार्यालयले सयुँक्त रुपमा राहत वितरण गरेका हुन् । 

राहत वितरणका क्रममा पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल, सिर्सिया प्रहरी चौकीका सई सुनिल पनेरु, वडा सदस्य नेशार अहमद, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साका अध्यक्ष सुमेश्वर उपाध्याय, नेपाली कांग्रेसका बुथ कमिटी सभापति शिवओम लामिछाने लगायतको उपस्थिती रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...