Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

मुर्लीमा बन्न लागेकाे स्वास्थ्य चाैकीकाे मेयर सिंहद्वारा शिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वडा नं. १२ मुर्ली पोखरी परिसरमा निर्माण हुन लागेको वडा स्वास्थ्य चौकीको शिलान्यास गर्नु भएको छ ।

आगामी अषाढ मसान्तभित्रै निर्माण सम्पन्न गरिसक्ने गरि सुरु भएको वडा कार्यालयको सोमबार एक कार्यक्रमकाबीच मेयर सिंहले शिलान्यास गरेका हुन् । वडा स्वास्थ्य चौकी भाडामा संचालन गर्नु पर्दा निकै कठिनाई भइरहेकाले महानगरपालिकाले स्वास्थ्य चौकी निर्माणको काम अघि बढाएको हो ।

स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै मेयर सिंहले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा सहज रुपमा पु¥याउन आफ्नै भवन निर्माणको काम अघि बढाइएको वताए । उनले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन पनि दिए ।

महानगरपालिकाले मुर्लीमा ८६ लाख ३६ हजार ६ सय ९६ रुपैयाँको लागतमा निर्माण गर्न लागेको स्वास्थ्य चौकीको ठेक्का दिब्य सूर्योदय आस्था जे.भि.ले सकार गरेको छ । यही असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी कम्पनीले टेन्डर सकार गरेको हो ।

शिलान्यास कार्यक्रममा वीरगंज महानगर वडा नं. १२ का वडाध्यक्ष सुरेश प्रसाद गुप्ता, वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं. २३ का वडाध्यक्ष अवधकिशोर प्रसाद कुशवाहा, महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...