Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

वीरगंज महानगरद्वारा होटलहरुमा अनुगमन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले वीरगंजका हाेटलहरुमा अनुगमन गरेको छ । वीरगंज महानगरका उपमेयर इम्तियाज आलमको संयाेजकत्वमा गठित बजार अनुगमन समितिले होटलहरुमा अनुगमन गरेको हो ।

केही दिन पहिला मात्र संचालनमा आएकाे वीरगंजकाे केएफसिले उपलब्ध गराएको खानाकाे परिकारमा अगुणस्तरिय भएकाे तस्बिरसहित गुनासाे प्राप्त भएपछि केएफसि लगायतका हाेटलहरुमा अनुगमन गरिएकाे महानगरपालिकाले जनाएकाे छ ।  

अनुगमन टोलीले अनुगमनकाे क्रममा केएफसीकाे किचेन र आउटलेटमा अनुगमन गरेको हाे । जनगुनासाेकाे आधारमा केएफसीमा अनुगमन गरिएकाे वीरगंज माहानागरका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासले जानकारी दिए ।

यसैगरी अनगुगमन टाेलीले वीरगंजकाे गण्डकस्थित क्लार्क रिसोर्टको पनि अनुगमन गरेको छ । क्लार्क रिसोर्टमा अनुगमन गर्दा क्लार्क रिसोर्टको किचेन फोहोर देखिएको, किचेनमा प्रतिबन्धित हाइड्रो पाइएको र म्याद गुज्रेकाे मसलाहरु समेत फेला परेकाे अनुगमन टाेलीले जनाएकाे छ । अनुगमनकाे क्रममा क्लार्क रिसोर्टलाई सचेत समेत गराइएको अनुगमन टोलिका सदस्य कन्हैया ठाकुरले बताए ।

अनुगमन टोलिका सदस्य होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्तले राम्रो सरसफाई गरि किचेनलाई ब्यबस्थित राखेर ग्राहकहरुलाई स्वस्थ परिकार र सेवा दिएका होटल ब्यबसायीहरुलाइ प्रोत्साहन समेत गरिएको बताए ।

अनुगमन टोलिमा बिपिन कुमार दास, खाद्य अधिकृत सुरेस कुमार सिंह, होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्त, जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...