Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

बाराबाट २१६ किलो लागू औषध गाँजासहित ट्रक र दुई जना पक्राउ

spot_img
spot_img

कलैया । बारा प्रहरीले निजगढ नगरपालिकाकाे वडा नं. १० लालपार्कबाट २१६ किलो लागू औषध गाँजासहित २ जनालाई पक्राउ गरेकाे छ ।

मकवानपुरकाे मनहरी गाउँपालिका बड़ा नं. ३ स्थायी घर भई बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ निवासी ३२ बर्षिय आकाश भन्ने दिपक कोईराला र मकवानपुर कै हेटौडा उपमहानगरपालिका वडा नं. १३ पदम पोखरी निवासी ३० बर्षिय जिबन घलानलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

विशेष सूचनाको आधारमा साेमबार राति १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

रतनपुरबाट निजगढ तर्फ जादै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा ट्रक भित्र लुकाई छिपाई राखेको २१६ किलाे लागू औषध गाँजा बरामद भएकाे प्रवक्ता न्याैपानेले वताए । त्यसपछि ट्रक ड्राइभर आकाश र ट्रकमा सवार जिवनलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडी बढाईएकाे प्रहरीले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...

खड्का र बस्नेतसहित पर्सा प्रहरीका आधा दर्जन प्रहरी निरीक्षकको सरुवा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइमा कार्यरत आधा दर्जन प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय...