Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बाराबाट २१६ किलो लागू औषध गाँजासहित ट्रक र दुई जना पक्राउ

spot_img
spot_img

कलैया । बारा प्रहरीले निजगढ नगरपालिकाकाे वडा नं. १० लालपार्कबाट २१६ किलो लागू औषध गाँजासहित २ जनालाई पक्राउ गरेकाे छ ।

मकवानपुरकाे मनहरी गाउँपालिका बड़ा नं. ३ स्थायी घर भई बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ निवासी ३२ बर्षिय आकाश भन्ने दिपक कोईराला र मकवानपुर कै हेटौडा उपमहानगरपालिका वडा नं. १३ पदम पोखरी निवासी ३० बर्षिय जिबन घलानलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

विशेष सूचनाको आधारमा साेमबार राति १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

रतनपुरबाट निजगढ तर्फ जादै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा ट्रक भित्र लुकाई छिपाई राखेको २१६ किलाे लागू औषध गाँजा बरामद भएकाे प्रवक्ता न्याैपानेले वताए । त्यसपछि ट्रक ड्राइभर आकाश र ट्रकमा सवार जिवनलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडी बढाईएकाे प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...