Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

नेपालकाे संविधानमाथि विदेशी शक्तिहरुबाट प्रहार हुँदै : सांसद अमरेश सिंह

spot_img
spot_img

वीरगंज । स्वतन्त्र निर्वाचित प्रतिनिति सभा सदस्य (सांसद) अमरेश कुमार सिंहले विदेशी शक्तिहरुबाट नेपालको संविधानमाथि प्रहार भइरहेको वताएका छन् ।

वीरगंजमा साेमबार आयाेजित पत्रकार भेटघाट कार्यक्रम वाेल्दै सर्लाहीकाे क्षेत्र नं. ४ बाट निर्वाचित सांसद सिंहले विदेशी शक्तिहरुको इशारा र निर्देशनमा अहिले नेपालको संविधानमाथि प्रहार भइरहेको बताए । उनले संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा, गणतन्त्र, संघीयता र समावेशीतामाथि प्रहार भइरहेको बताए ।

सांसद सिंहले अहिलेकाे संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने ठोकुवा पनि गरे । सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डमाथि द्वन्द्धकालका ३ सय भन्दा बढी मुद्धा रहेको बताउँदै यदि संविधान समाप्त भएमा प्रचण्ड जेल जाने ठोकुवा गरेका हुन् ।

उनले भने, ‘अहिलेको संविधान खतरामा पर्ने बित्तिकै प्रचण्ड जेल जानुहुन्छ । कांग्रेस, एमालेलाई केही हुँदैन । तर माओवादी खतरामा पर्छ र माओवादी खतरामा पर्ने बित्तिकै प्रचण्डमाथि खतरा हुनेवाला छ ।’ 

अर्काे प्रसंगमा कुरा राख्दै नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई पढेलेखेको मान्छे मन नपर्ने गरेकाे वताए । उनले भने, ‘शेरबहादुर देउवालाई पढेलेखेको मान्छे मन पर्दैन ।’ देउवालाई इंगित गर्दै उनले थपे, ‘उहाँ भन्नुहुन्छ, एउटी मेरो श्रीमती पढेको छँदैछ, बाँकी किन चाहियो ।’ सिंहले भने, ‘उहाँ शेरबहादुर देउवा हैन, वास्तवमा शेरबहादुर राणा हो ।’

प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री प्रचण्डका आसेपासको पूर्ण कब्जामा रहेको उनले आरोप लगाए । उनले भने, ‘पैसा उठाउन, गैर कानूनी काम गर्नका लागि प्रधानमन्त्री कार्यालयमा छोरी, बुहारी, भाई, भतिजाहरुलाई नियुक्ती गरेर राखिएको छ । योपनि एउटा अपराध नै हो ।’

नेपालको राजनीतिमा अहिले परिवारिकरण, व्यपारीकरण र भ्रष्टीकरण हाबी भएको भन्दै उनले राजनीति सेवा भावका रुपमा नभई व्यपारका रुपमा फस्टाएको टिप्पणी गरे ।  उनले नेपालमा विदेशी दलालीकरणपनि बढेको बताए ।

देश अहिले २० जना बिचौलीयाहरुले मात्रै चलाइरहेका कारण मुलुकको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको उनले बताए । उनले भने,‘ अहिले साधरण खर्चपनि विदेशी ऋण मागेर भइरहेको छ । जब साधरण खर्च नै विदेशी ऋणमा चलिरहेको छ भने यत्तिले नै पुष्टी हुन्छ कि देशको अर्थतन्त्र कत्ति जर्जर अवस्थामा पुगेको छ ।

सांसद सिंहले पूर्व प्रधानमन्त्रीकाे सेवा सुविधा कटाैती हुनु पर्ने पनि वताए । उनले भने “पूर्व प्रधानमन्त्री र मुख्य मन्त्रीकाे नाममा जिवनभरी गाडी तथा ठुलाे संख्या सुरक्षाकाे लागि प्रहरी उपलब्ध गराउनु कतिकाे उचित छ ? एक महिना पनि प्रधानमन्त्री वा मुख्यमन्त्री बन्नेकाे खण्डमा जिवन भरी सुविधि दिनु कति उचित हाे ? यसकाे अन्त्य हुनु पर्छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...