Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

महुवनकी शिक्षिका गुप्ताको अल्पायुमै निधन, गाउँ नै शोकमा

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनकी शिक्षिका ४० बर्षिय अर्चना कुमारी गुप्ताको अल्पायु मै निधन भएको छ ।

श्री दलित प्राथमिक विद्यालय महुवनकी निवर्तमान प्रधानाध्यापक समेत रहेकी शिक्षिका गुप्ताको आईतवार राती हार्ट आट्यक (हृदयाघात) भएर मृत्यु भएको परिवारजनले जनाएका छन् ।

आइतबार राती महुवनबाट गुप्ता वीरगंज ८ पानीटंकीस्थित आफ्नो घर फर्किएकी थिईन । गाउँको एक विहेभोजबाट सहभागी भएर पानीटंकीस्थित घर फर्किएको केही बेर मै गुप्ताको घर नजिक रहेको कलासिक नेटको कार्यालयमा आगलागी भएको थियो ।  आगलागी बारे थाहा पाएकी गुप्ता आफ्नो घरबाट दौडदै छोरा/छोरीको साथ त्रसित भएर कराउँदै तल पुगेकी थिईन । 

क्लासिक नेट नजिक रहेको आफ्नो पनि घर जल्ने डरले त्रसित गुप्ताको फेसबुकबाट उनको छोरा/छोरीले आगलागीको लाईभ गर्दा समेत समयमा दमकल र प्रहरी पुगन सकेन । त्यसको केही बेर मै त्यही ढलेकी गुप्तालाई पहिला पानीटंकीस्थित सर्बोत्म अस्पताल लगिएको थियो । सर्बोत्म अस्पतालले मृत्यु भएको भन्दा पनि परिवारजनको चित नबुझेपछि वीरगंजस्थित नै नेशन मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो ।

शिक्षण अस्पतालले पनि गुप्ताको मृत्युु भएको घोषणा गरेपछि सोमबार विहान उनको शवलाई महुवन लगियो । शिक्षिका गुप्ताको शव उनको गाउँ महुवनमा पुगेपछि गाउँ नै शोकमा डुब्यो । मृतक गुप्ताको सोमबार दिउसो महुवनस्थित आर्यघाट दाहसंस्कार गरियो ।

गुप्ताको अन्त्येष्टिमा मधेश प्रदेशका शिक्षा तथा सांस्कृती मन्त्री प्रमोद जयसवालसहित सयौंको संख्यामा सहभागी भएका थिए ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासको कार्यक्रम अधिकृत शिवचरण रौनियारकी श्रीमती शिक्षिका गुप्ता महुवनमा लोकप्रिय थिईन । उनको एक ३ बर्षिय छोरासहित दुई छोरा र एक छोरी छन् ।

गैरसरकारी संस्था महासंघ नेपाल पर्साको कार्यसमिति सदस्य समेत रहेकी गुप्ता अरुणोदय युवा क्लब लगायतका संस्थामा पनि आवद्ध थिईन ।

मृतक गुप्ता कै पानीटंकीस्थित घरमा कालिका टाईम्सको कार्यालय संचालन रहेको छ । गुप्ताको मृत आत्माको चिरशन्तीको कामना गर्दै कालिका टाईम्स परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला...

पर्सामा शान्ति र सद्भाव कायम राख्न प्रशासनको पहल, सर्वदलीय बैठकबाट चार निर्णय

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा शुक्रबार सम्पन्न सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्न चारबुँदे निर्णय गरेको छ...