Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

अवैध काराेबारीमा त्रास, पम्पम बिल्डिङका अधिकांस कपडा पसलका सटरहरु बन्द

spot_img
spot_img

वीरगंज । प्रहरीले पम्पम बिल्डिङका अन्य गाेदाम तथा कपडा पसलहरु पनि छापामारी गर्न सक्ने त्रासका कारण शुक्रबार बन्द भएका छन् । वीरगंज महानगरपालिकाकाे वडा नं.६ महाबिरस्थानस्थित पम्पम बिल्डिङमा रहेका अधिकांश कपडा पसलका सटरहरु शुक्रबार विहानैदेखि बन्द रहेका छन् ।

विशेष सूचनाको आधार जिल्ला प्रहरी कार्यालय पर्साबाट बिहिबार खटिएका प्रहरी टाेलीले पम्पम बिल्डिङकाे तुल्सयान मार्केटमा कोठा भाडामा लिई संचालन रहेका दुई गाेदाममा छापामारी गरेकाे थियाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं.६ निवासी ४४ बर्षिय राम एकवाल कुशवाहाको गोदामबाट रु ४० लाख बराबरकाे १ वानटन र वीरगंज महानगरपालिका कै वडा नं.१६ निवासी २४ बर्षिय आकाश कुमार गुप्ताको गोदामबाट रु ८० लाख बराबरकाे २ वानटन सर्टिङ सुर्टिङ तथा पाइन्ट सर्ट थान कपडाहरु बरामद गरेकाे थियाे । 

दुबै जनाकाे गाेदामबाट अवैधरूपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी भण्डारण गरेको विभिन्न ब्राण्डका सर्टिङ सुर्टिङ तथा पाइन्ट सर्टको कपडाहरू रु एक कराेड २० लाख बराबरकाे ३ वानटन बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताए ।

गाेदाममा छापामारी गर्न प्रहरी पुगेपछि गाेदाम संचालकहरु फरार भएका थिए । गाेदाम संचालकहरुकाे नाम थाहा लागेपनि कुन पसल अथवा फर्मकाे कपडा रहेकाे खुल्न नसकेकाे पर्सा प्रहरी प्रवक्ता थापाले वताए । बरामद कपडाहरु वीरगंज भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेकाे वताउँदै उनले फर्म संचालकहरु बारे भन्सार कार्यालय अनुसन्धान गर्ने वताए । 

पम्पम बिल्डिङकाे अन्य गाेदाम भन्सार छलीका कपडाहरु रहेकाे सुचनाकाे आधारमा त्यहाँ हाल पनि प्रहरी खटिएका छन् । तर त्यहाँ रहेका अधिकांश गाेदाम तथा कपडा पसलहरु बन्द रहेका कारण अनुसन्धान गर्न प्रहरीलाई समस्या भएकाे छ ।

पम्पम बिल्डिङमा रहेकाे कमला ईम्पाेरियम, अंश ट्रेडर्स, गुड्डु कलेक्सन, अंशु ट्रेडर्स, काजल इम्पेक्स लगायतका कपडा पसलहरुका सटरहरु बन्द रहेकाे दखियाे । यी त बाेर्ड भएका पसलहरु मात्र हुन् । त्यहाँ बाेर्ड नभएका धेरै गाेदाम तथा पसलहरु संचालनमा रहेका छन् । 

ती सबै गाेदाम भन्सार छलीकाे कपडाहरु भण्डारण गरेर राख्ने गरिएकाे छ । कतिपय गाेदाममा भण्डारण गरेर राखिएकाे भन्सार छलिका कपडाहरु नेपालका विभिन्न ठाउँमा तस्करीकाे माध्यबाट पुग्ने गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...