Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

spot_img
spot_img

वीरगंज । बाराको मानवत मटिअर्वा सडकखण्ड अन्तर्गत कलैयास्थित अधुरो बाटो निर्माण गराउनेतर्फ संघीय संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । उक्त सडक खण्डको समितिका सदस्यहरुले बिहीबार स्थलगत निरीक्षण गरेका छन् ।

समितिका सदस्य सांसद अमरेशकुमार सिंहले अधुरो रहेको सडक निर्माण छिटो गर्न ठेकेदारलाई निर्देशन दिए । उक्त सडक खण्डअन्तर्गत अन्य स्थानको सडक बने पनि कलैयादेखि अवधापुरसम्मको तीन किलोमिटर बाटो बनाएर अलपत्र छाडिएको छ । सडक नबन्दा स्थानीयले सास्ती खेप्दै आएका छन् ।

धुलोधुँवाले हिँडडुल गर्न पनि समस्या भएपछि स्थानीयले पटक-पटक चक्काजामसमेत गरेका थिए । तर पनि हालसम्म उक्त सडक निर्माण हुन सकेको छैन ।

यस्तै, पर्साको ठोरी गाउँपालिकास्थित अधुरो हुलाकी सडक निर्माणका सम्बन्धमा पनि सार्वजनिक लेखा समितिले चासो देखाएको छ । साविकको ठोरी गाविसमा अधुरो रहेको करिब ५ किलोमिटर सडकको स्थलगत निरीक्षण गर्दै समितिका सदस्यहरुले सडकको अवस्थाका बारेमा चासो देखाएका हुन् ।

स्थलगत निरीक्षण गर्न पुगेका सार्वजनिक लेखा समितिका सदस्य पूर्व वनमन्त्री प्रदीप यादवसहित सदस्यहरु रामकृष्ण यादव, अमरेश कुमार सिंह, वेदप्रसाद तिमल्सिना, प्रभु हजरालगायतले सडक निर्माणको अवस्था, समस्यालगायतका विषयमा स्थानीय र जनप्रतिनिधिसँग छलफल गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...