Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

spot_img
spot_img

वीरगंज । वीरगंजकाे महावीर स्थानमा रहेको पम्पम बिल्डिङमा बिहीबार प्रहरीले छापा मारेर करोडौं मूल्यको तस्करीका कपडाहरू बरामद गरेको छ । 

विशेष सूचनाको आधारमा पम्प बिल्डिङकाे विभिन्न गाेदाममा जिल्ला प्रहरी कार्यालयकाे बिशेष टाेलीले छापामारी गरी भण्डारण गरि राखिएकाे तस्करीकाे करोडौं मूल्य बराबरको कपडा बरामद गरेकाे हो । पम्पम बिलडिङको भवनमा रहेको विभिन्न गोदामबाट सुट, पाइन्ट, कुर्ता, सुरुवाल, साडीसहितका धेरै परिमाणमा थानका कपडा बरामद भएको प्रहरीले जनाएकाे छ ।

पम्पम बिल्डिङमा रहेका दुई वटा गोदाममा छापामारी ठुलाे परिमाणमा कपडाहरु बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । 

उनले भने,‘गोदामबाट झण्डै दुई गाडी कपडाहरु हाल सम्म ल्याइसक्याे । एक गाडी अझै ल्याउने क्रममा छ । बरामद कपडाहरू कति मूल्यको छ ? त्यो अहिले नै भन्न सकिँदैन । मूल्यांकन गर्न समय लाग्छ । मुल्यांकन गरेर पछि हामी बिस्तृत रुपमा जानकारी गराउन्छाैं ।’ 

दुई जनाकाे गादाम रहेकाे र डिएसपी गाेदाम संचालककाे नाम थाहा भइसकेकाे वताउँदै आफु कहाँ आइनपुगेकाे वताए । गाेदाम संचालकहरुकाे खाेजी कार्य भइरहेकाे पनि उनले वताए ।

वीरगंजका नामुद तस्करहरुले पम्प बिल्डिङ्ग मै भाडामा लिएर गाेदाम राखेका छन् । पाेके तस्करहरुबाट ढुवानी गराई त्यहीँ गाेदाम भण्डारण गरेर राख्दै आएका थिए । जुन गाेदामहरुमा प्रहरीले लामाे समयपछि ठूलाे परिमाणमा कपडाहरु बरामद गरेकाे हाे ।  

प्रहरीले पुरै पम्पम बिल्डिङलाई घेरा हालेर छापा मार्ने क्रममा चारवटा ठूला कोठामा गोदाम बनाएर राखिएका सर्टिङ–सुर्टिङको थान, सुटपिस, साडी, पर्दा लगायतका तस्करीकाे कपडाहरू ठूलो परिमाणमा बरामद गरेको हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...