Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा गोली चलाएर लागु औषध तस्कर पक्राउ

spot_img
spot_img

बारा । बारामा प्रहरीले गोली चलाएर ठूलो परिमाणमा लागु औषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

बाराको पचरौता नगरपालिका वडा नम्बर ४ इनर्वाबाट प्रहरीले २ सय ३० केजी गाँजा सहित रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहा घर भएका २३ बर्षिय चन्दन पासवानलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा बुधबार मध्यरातमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक नवीन राइको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा रहेको गाँजासहित चन्दनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

इनर्वास्थित सडकको कल्भर्टमुनि प्लाष्टिकले बेरेर लुकाएर राखिएको अवस्थामा १५ पोका गाँजा प्रहरीले बरामद गरेको डिएसपी न्यौपानेले वताए । प्रहरीको टोली देखेर गाँजा तस्कर चन्दन भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायरपनि गर्नु परेको प्रहरी नायब उपरीक्षक न्यौपानले वताए ।

गाँजासहित पक्राउ परेका चन्दनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...