Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

वीरगंजमा झाँकीसहितको शोभा यात्रा र महाआरती सम्पन्न

spot_img
spot_img

वीरगंज । मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव रामनवमीकाे अवसरमा बुधबार वीरगंजमा शाेभा यात्रा निकालिएकाे छ । वीरगंजकाे विभिन्न ठाउँबाट निस्केकाे झाँकीसहितकाे शाेभा यात्रा वीरगंज बजार क्षेत्रकाे परिक्रममा गरि सम्पन्न भएकाे थियाे ।

वीरगंज  १० घडिअर्वास्थित श्री रामजानकी मन्दिर तदर्थ समितिको आयोजनामा पनि बुधबार विहान मन्दिर परिसरमा धार्मिक कार्यक्रमसहित राम नवमी एवम् शोभा यात्रा महोत्सव आयोजना गरिएको थियाे । 

श्री रामजानकी मन्दिरबाट हजारौँको सहभागितामा निस्किएको वृहत् सोभा यात्रासहितको झाँकीले नगर परिक्रमा गरेको थियो । वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, वीरगंज १० का वडाध्यक्ष सुशील कुमार कानु लगायत स्थानीयहरूको सहभागितामा निस्केको यात्रा नगर परिक्रमा गरी पुनः मन्दिरमा पुगेर सम्पन्न भएको थियो ।

रामजानकी मन्दिरका मूल पुरोहित शम्भुनाथ तिवारीले मुलुकको अन्य ठाउँमा जस्तै वीरगंजकाे रामजानकी मन्दिरमा पनि भव्य कार्यक्रमसहित मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव दिनभर विभिन्न कार्यक्रम गरेर मनाइने जानकारी दिए । 

नगरप्रमुख सिंहले वीरगंजलाई धार्मिक पर्यटकीय स्थलका रूपमा स्थापित गर्ने हेतुले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले भने, ‘ओझेलमा परेका धार्मिक स्थलको जीर्णोद्धार गरेर विभिन्न पर्व तथा मेला आयोजना गर्दै आएका छौँ । यसले एकातर्फ सामाजिक सद्भाव बढाउने काम गरिरहेको छ । अर्कोतर्फ स्वदेशी तथा छिमेकी मुलुक भारतका पर्यटकको कसरी पर्सामा बसाइ लम्ब्याउनेतर्फ केन्द्रित हुँदै आएका छौँ ।’

यसैगरी बुधबार सांझ गहवामाई मन्दिरमा ‘महाआरती’ समेत सम्पन्न भएकाे छ । रामनवमी तथा चैते दशैसँगै मङ्गलवार पहिलो पटक निकालिएको गहवामाईको निशानसहितको डोली यात्राको सफलता पश्चात् बुधवार साँझ महाआरतीको आयोजना गरिएको थियाे ।
 
महाआरतीमा हजारौँको सङ्ख्यामा श्रद्धालुहरू सहभागी रहेको माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहले बताए ।
spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानी गाउँपालिका पूर्ण साक्षर घोषणा

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिकालाई पूर्ण साक्षर गाउँपालिकाका रूपमा घोषणा गरिएको छ । नेपाल सरकारले निर्धारण गरेका साक्षरतासम्बन्धी सबै सूचक तथा मापदण्ड पूरा...

नारायणी रंगशाला र कभर्डहलका लागि साढे १२ करोड बजेट विनियोजन

वीरगंज । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वीरगंजस्थित नारायणी रंगशाला र नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि कुल १२ करोड ५० लाख रुपैयाँ...

पर्सामा भन्सार छलीका स्याउ र ट्र्याक्टरका पार्टपुर्जा सहित चार जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले भन्सार छली गरी ल्याइएका स्याउ तथा ट्र्याक्टरका पार्टपुर्जा बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...