Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

पूर्व सांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । सर्लाहीमा पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । आक्रमणमा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले बताए ।

ईश्वरपुर नगरपालिका–६ घर भएका साहमाथि वैशाख २ मा राति लालबन्दी नजिकै आक्रमण भएको हो । उनको निधार र टाउकोमा ७ वटा टाँका लगाइएको छ । आक्रमणमा संलग्न आरोपमा स्थानीय अर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी पक्राउ परेका छन् । आक्रमणमा संलग्न ४ जना फरार छन् ।

स्थानीय राजेन्द्र महतो लालबन्दीस्थित आफ्नो खेतमा पानी पटाएर फर्किँदै थिए । मोटरसाइकलमा आएका महतोलाई युवाहरूले रोकेपछि विवाद भएको थियो । विवादको बिचमा आफूलाई आक्रमण गरेपछि महतोले सांसद साहलाई फोन गरेर बोलाएका हुन् । दुवै पक्षको बिचमा विवाद बढेपछि झगडा हुँदा पूर्व सांसद साहसहित निकेश साह, रवि पासवान र राजेन्द्र महतो घाइते भएका छन् ।

सांसद साहको सुरुमा बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार गरेर काठमाडौँमा रिफर गरिएको छ । आरोपीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...