Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

स्थानिय संताेष यादवद्वारा श्री अजिज मियाँ माविलाई बेन्च डेस्क सहयाेग

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माद्यमिक विद्यालय धाेबिनीलाई बेन्च डेस्क सहयाेग प्राप्त भएकाे छ ।

स्थानिय संतोष यादवले विद्यालयलाई रु ५१ हजारकाे लगानीमा ९ सेट बेन्च डेस्क सहयाेग गरेकाे विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले जानकारी दिए । सहयाेगि दाता यादवले साे बेन्च डेस्क शनिबार एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा रहेकाे बेन्च, डेस्ककाे अभाव मध्यनजर गर्दै यादवले विद्यालय सहयाेग गरेकाे प्राधानाध्यापक रामले वताए । सहयाेग गर्ने दाता यादवलाई विद्यालय धन्यावादसहित सम्मान समेत गरेकाे उनले वताए ।

वडा अध्यक्ष मनौर अहमदकाे अध्यक्षतामा भएकाे कार्यक्रममा एमालेका नेता सल्लाउदिन अहमद, सशस्त्र प्रहरी सिमा सुरक्षा बल भिस्वाका सशस्त्र प्रहरी निरीक्षक दिपकराज बस्नेत, नरेश पटेल, मनेश ठाकुर, ईन्जिनियर रामबाबु पटेल, सुनिल राम लगायतकाे उपस्थिती रहेकाे थियाे । 

विद्यालयमा विद्यार्थीहरुकाे चाप रहेपनि भाैतिक संरचनाकाे अभाव रहेका कारण विद्यालयले विभिन्न दातृ निकायसंग सहयाेग लिदै आएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...