Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

तरकारीको बिचमा राखेर लागूऔषधकाे तस्करी, एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागू औषधसहित एक जना भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले भारतको बिहार राज्यस्थित मोतीहारी जिल्ला थाना हरपुर – २ निवासी २६ वर्षीय राजकरण साहलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

साहको साथबाट प्रतिबन्धित लागूऔषध नुरफिन दुई सय पिस, डाइजेपाम दुई सय पिस र फेनारगन दुई सय पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १५ फूलबारी टोलस्थित सडक खण्डमा बुधबार दिउँसाे बाराको बलीरामपुरबाट वीरगंजतर्फ आउँदै गरेको साह सवार बीआर ०५ एटी ७३२६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा मोटरसाइकलको दुवैतर्फ बोकेर तरकारीहरूको बिचमा लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद भएकाे पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

साहलाई लागु औषध र उक्त माेटसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । उनीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...