Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा लागू औषधसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नं. १३ का २४ बर्षिय सुभ राज मोक्तान र कलैया उपमहानगरपालिका कै वडा नं. ४ का २२ बर्षिय निरज गोले रहेका छन् ।

विशेष सूचनाको आधारमा मंगलबार दिउसाे ४:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैया बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिकाकाे वडा नं.२१ अमलेखगंजबाट दुबै जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

वीरगंजबाट हेटौडा तर्फ जाँदै गरेको ना ४३ प २०२ नम्बरकाे मोटरसाइकल शंकास्पद लागि रोकी चेक जाँच गर्दा पेट्रोल टंयाकी भित्र लुकाई छिपाई राखेको लागु औषध ओनेरेक्स सिरफ १०० एमएलकाे ३९ बाेत्तल वरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

त्यसपछि उक्त लागु औषधसहित माेटरसाइकल चालक माेक्तान र माेटरसाइकलकाे पछाडी सवार गाेलेलाई नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट ५ दिन म्याद थप गरि अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्याैपानेले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...