Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

चाेरीकाे आराेपमा एक भारतिय पक्राउ

spot_img
spot_img

वीरगञ्ज । वडा प्रहरी कार्यालय बिर्ताले चाेरीकाे आराेपमा एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी स्थायी घरभई हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा बस्दै आएका ३० बर्षिय प्रवेज खान रहेका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडी श्रवण सर्राफको घरको ताल्चा फुटाइरहेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा खनाललाई ताल्चा फुटाउने औजारसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिए । उनकाअनुसार निजविरुद्ध चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...