Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

हुण्डी कारोबारीको आशंकामा पर्सा र बाराका दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले श्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका-१ बनकटवाका ३४ वर्षीय हरिकिशोर पटेल र बाराको महागढीमाई नगरपालिका-१ का ४२ वर्षीय रमेश कुशवाहा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले श्रोत खुल्न नसकेको नेपाली नगद १३ लाख ५० हजार रुपैयाँ बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार, विशेष सूचनाको आधारमा सोमबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोली भारतीय सीमासँग जोडिएको बाराको विश्रामपुर गाँउपालिका-४ मुसहर्वा स्थितबाट भारतबाट नेपाल प्रवेश गर्दै गरेको प्रदेश २-०३-०१६ प २३३७ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा श्रोत नखुलेको रकम बरामद भएको थियो । मोटरसाइकलमा सवार हरिकिशोर पटेलको साथबाट बरामद भएको १३ लाख ५० हजार रुपैयाँको श्रोत खुलाउन नसकेकाले पटेललाई प्रहरीले रकमसहित नियन्त्रणमा लिएको थियो ।

बरामद गरिएको रकम सहित पटेललाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान गर्दा उनले दिएको बयानको आधारमा यस कार्यमा संलग्न कुशवाहालाई पनि सोमबार नै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । पटेलको साथबाट बरामद रकम हुण्डी कारोबारका लागि ल्याइए हुन सक्ने र पक्राउ परेका दुबैजना हुण्डी कारोबारमा संलग्न रहेको हुन सक्ने प्रहरी नायब उपरीक्षक न्यौपानले बताए । रकमसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

छानबिन समितिमा नबस्ने डा. सिंहको घोषणा, मेडिकल काउन्सिलबाट अनुसन्धान गर्न माग

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको घटनापछि वरिष्ठ चिकित्सक डा....

नारायणी अस्पताल घटनामा दोषीमाथि कडा कारबाही हुन्छ : स्वास्थ्यमन्त्री मेहता

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति...