Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

हुण्डी कारोबारीको आशंकामा पर्सा र बाराका दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले श्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका-१ बनकटवाका ३४ वर्षीय हरिकिशोर पटेल र बाराको महागढीमाई नगरपालिका-१ का ४२ वर्षीय रमेश कुशवाहा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले श्रोत खुल्न नसकेको नेपाली नगद १३ लाख ५० हजार रुपैयाँ बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार, विशेष सूचनाको आधारमा सोमबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोली भारतीय सीमासँग जोडिएको बाराको विश्रामपुर गाँउपालिका-४ मुसहर्वा स्थितबाट भारतबाट नेपाल प्रवेश गर्दै गरेको प्रदेश २-०३-०१६ प २३३७ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा श्रोत नखुलेको रकम बरामद भएको थियो । मोटरसाइकलमा सवार हरिकिशोर पटेलको साथबाट बरामद भएको १३ लाख ५० हजार रुपैयाँको श्रोत खुलाउन नसकेकाले पटेललाई प्रहरीले रकमसहित नियन्त्रणमा लिएको थियो ।

बरामद गरिएको रकम सहित पटेललाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान गर्दा उनले दिएको बयानको आधारमा यस कार्यमा संलग्न कुशवाहालाई पनि सोमबार नै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । पटेलको साथबाट बरामद रकम हुण्डी कारोबारका लागि ल्याइए हुन सक्ने र पक्राउ परेका दुबैजना हुण्डी कारोबारमा संलग्न रहेको हुन सक्ने प्रहरी नायब उपरीक्षक न्यौपानले बताए । रकमसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...