Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारामा बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारामा १४ वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । कोल्बी नगरपालिका–८ नयाँ बस्तिका ३० वर्षीय प्रकाश कार्कीलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालयले काेल्बीले जनाएकाे छ ।

पीडितलाई आरोपितले चैत ८ गते राती अपहरण गरी दुई दिनसम्म बलात्कार गरेको भन्दै बालिकाको बुबाले चैत १२ गते आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय कोल्बीमा उजुरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरिको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धानको लागि चैत १२ गते जिल्ला प्रहरी कार्यालय कलैयालाई बुझाएको इलाका प्रहरी कार्यालय काेल्बीले जनाएकाे छ । आरोपित विरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानले जानकारी दिए ।

पीडितको स्वास्थ्य परीक्षण चैत १२ गते जिल्ला अस्पताल कलैयामा भएको जिल्ला प्रहरी कार्यालय अन्तर्गतका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरिक्षक बिमला कुमारी कठायतले जानकारी दिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...