Date
सोम, असार १, २०८३
Mon, June 15, 2026

पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

spot_img
spot_img

वीरगंज । पढन गएका बालबालिकालाई घर निर्माणकाे काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका छन् । सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा रहेकाे श्री राम जानकी इंगलिश बाेर्डिङ स्कुलकाे लापरवाहीले साेही स्कुलकाे कक्षा एलकेजीमा अध्ययनरत ७ बर्षिय विद्यार्थी अनुप गाेढ घाइते भएका हुन् ।

सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवन निवासी घाइते बालक अनुपकाे बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ स्थित एलएस न्युराे एण्ड जेनरल हाेस्पिटलमा उपचार भइरहेकाे छ । गम्भिर घाइते अनुपकाे टाउकाेमा २८ वटा टांका लागेकाे हस्पिटलले जनाएकाे छ ।  

स्कुलमा पढन गएका आफ्नाे छाेरालाई सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुनवन निवासी नै विद्यालयकी संचालिका भगवन्ती कलवारले घर निर्माणकाे काममा लगाएपछि फलाममा लडेर घाइते भएकाे चन्दन साह गाेढले वताए । विद्यार्थीको उमेरकाे ख्याल नगरी विद्यालय नजिक निर्माण भइरहेकाे घरमा ज्यालादारीकाे काममा लगाउँदा आफ्नाे छाेरा घाइते भएकाे उनकाे भनाई छ ।

उनले कलवारकाे लापरवाहीले विद्यालयमा पढन गएका आफ्नाे छाेरा घाइते भएकाेले कारवाहीकाे माग गर्दै बुधबार इलाका प्रहरी कार्यालय पाेखरियामा उजरी समेत दिएका छन् । 

विद्यालयकी संचालिका कलवारले निर्माण भइरहेकाे विद्यालय भवनकाे भित्ता खसेर बालक घाइते भएकाे वताइन । उनले कुनै पनि बालबालिकालाई आफुले भवन निर्माणकाे काममा नलगाएकाे वताइन । उनले भवन निर्माण भइरहेकाे ठाउँमा हाेली मनाउन तयारी गरिरहेका ठुला/ठुला विद्यार्थीहरुसंगै गएका अनुप समेत भित्तामा लडेर घाइते भएकाे वताइन । घाइते भएकाे दिनदेखि नै आफुले अनुपकाे उपचार समेत गराउँदै आएकाे विद्यालयकी संचालिक कलवारले जानकारी गराइन । 

पिडितले बुधबार मात्र जाहेरी दिएकाेले घटना बारे अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीले वताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बारामा आर्थिक गणना अन्तिम चरणमा, २१ हजारभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

कलैया । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा सञ्चालन भइरहेको तथ्याङ्क संकलन कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म जिल्लाभरका २१ हजार ७४ वटा...

पर्सामा जुवा अखडा माथि प्रहरीको छापा, १२ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर बजारबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार श्रीपुर...

महिला सशक्तीकरण : प्रगतिशील र सफल समाजको आधारशिला

कुनै राष्ट्रको वास्तविक प्रगति केवल आर्थिक वृद्धि, प्रविधिगत विकास वा विश्वव्यापी प्रभावबाट मात्र मापन हुँदैन; त्यसको मापन त्यहाँका महिलाको अवस्था, सम्मान, अधिकार र सशक्तीकरणबाट...